दलित समाचार » गृहमन्त्रालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध निगरानी केन्द्र स्थापना हुने |
||
| गृहमन्त्रालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध निगरानी केन्द्र स्थापना हुने
Posted: June 13, 2011 बिरु नेपाली उपप्रधान एवं गृहमन्त्री कृष्ण वहादुर महराले गृहमन्त्रालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध निगरानी केन्द्र स्थापना गर्ने घोषणा गर्नुृ भएको छ । उहाँले संविधानसभा व्यवस्थापिका संसदको महिला वालवालिका तथा समाज कल्याण समिती अन्र्तगत गठित जातीय भेदभाव छुवाछुत समस्या समाधानका सम्वन्धमा अध्ययन गर्न वनेको समितीको वैठकमा वोल्दै उक्त कुरा वताउनु भएको हो । साथै उहाँले छुवाछुत विरुद्ध कानुन वनिसकेकाले राज्यको तल्लो ईकाईसम्म क्रमस जातीय भेदभाव तथा छुवाछुत अपराध निगरानी केन्द्र स्थापना गरी छुवाछुत अन्त्य र छुवाछुत गर्नेलाई दण्डित गरिने कुरा समेत वताउनु भयो । सभासद विनोद पहाडीको संयोजकत्वमा गठन भएको संसदीय समितीले उपप्रधानमन्त्री महरा गृह सचिव लिलामणी पौडेल प्रहरी महानिरक्षक रविन्द्र प्रताप शाहलाई जातीय भेदभाव र छुवाछुत समस्याका वारेमा जानकारी लिन समितीको वैठकमा आमन्त्रण गरिएको थियो । गृह सचिव पौडेल र महानिरक्षक शाहले पनि कानुन वनिसकेको अवस्थामा परम्परा र संस्कारको आधारमा भेदभाव गर्नेहरुलाई कारवायी गर्न कुनै कसुर वाँकी नराख्ने वताउनु भयो । व्यवस्थापिका संसदको महिला वालवालिका समितीले जातीय भेदभाव तथा छुवाछुतको समस्या समाधानका उपाए सम्वन्धि अध्ययन गर्न ११ सदस्यीय उपसमिती वनाएको छ । सो उपसमितीको संयोजकत्वमा सभासद विनोद पहाडी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा क्रमस सभासद अमिलाल झाँगड आसा कुमारी सरदार गोविन्द नेपाली मालामती देवी राना लीला कुमारी वगाले सोमई लीला सुव्वा विमला नेपाली शिला कतिला सुकदैया चौधरी र हिम कुमारी सुनार रहनु भएको छ । « Go Back |
Supporters / Sponsors :
