दलित समाचार » महिला शशक्तिकरण तालिम सम्पन्न
महिला शशक्तिकरण तालिम सम्पन्न
Posted: June 11, 2011
सीता बि.के.
ब्ुटवल, जेष्ट २७                            
दलित महिला आपm्नो हक अकिारको लागि आफै सचेत हुनु पर्ने एक कार्यक्रमा सहभागिले औल्याएका छन । दलित महिला सघं रुपन्देहीले आयोजना गरेको दलित महिलाहरुको लागि राजनितीक शशतिmकरण, लैङ्गीक, सामाजिक समाबेशिकरण तथा कानुनि प्रावधानहरु सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तामिको समापन कार्यक्रममा बोल्ने सहभागिले सो कुरा बताएका हुन । सो समापन कार्यक्रमा बोल्ने बक्ताहरुले दलित महिला अज्ञानता, अशिक्षका र जनचेतनाका कारणले गर्दा हरेक क्षेत्रबाट बञ्चीत हुनु परेकोे बताएका थिए । दलित महिला सघं रुपन्देहीकी अध्यक्ष कमला बिश्वकर्माको अध्यक्षता, जिल्ला सदस्य मनु खड्काको सञ्चालमा भएको कार्यक्रममा संघका महासचिब कला स्वर्णकार,ग्रामिण सामुदायिक बिकास केन्द्रका निर्देशक  मुतिmराम पोख्रल, राष्ट्रिय मानव  अकिार आयोग उपक्षेत्रिय कार्यलयका प्रमुख दिपकजंग कार्की, दलित महिला सघंका सल्लाहकार नन्द बहादुर खड्काथोकी, दलित बर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष राम बहादुर बिश्वकर्मा ,रेडियो जागरण सञ्चालक समितिका सदस्य सरोज गौतम, सहभागिका तर्फबाट माया बराल, लक्ष्मी बिश्वकर्मा लगायतले सिकेका कुरालाई  व्यबहारमा उर्तानु पर्ने कुरामा जोड दिएका थिए ।
« Go Back
Supporters / Sponsors :