दलित समाचार » जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि समय तोकेर अभियान चलाउनुपर्ने |
||
| जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि समय तोकेर अभियान चलाउनुपर्ने
Posted: June 5, 2011 सीता बि.के. जेष्ठ २१, ब्ुटवल जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि निश्चित समय तोकेर अभियानै चलाउन सरकारसंग यहा“का दलित अगुवाहरुले माग गरेका छन् । छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको पा“चौ बर्ष पुरा भएको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा उनीहरुले माहामारी रोगलाई अन्त्य गर्न जसरी अभियान चलाईन्छ त्यसैगरि समय तोकेर अभियान चलाएमात्र छुवाछुत र जातिय विभेद अन्त्य हुने बताएका हुन् । छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको पा“च बर्ष पुरा भएतापनि यो विचमा दलितहरु विभेदको मारमा परेको भन्दै कानुनलाई ब्यबहारमा उतार्न राज्यले पहल नगरेको गुनासो गरे । एमाले निकटको नेपाल उत्पीडित जातिय मुक्ति समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जातिय छुवाछुत, सामाजिक विभेदमुक्त राष्ट्र घोषणा कानुनी प्रावधान र कार्यान्वयन बिषयमा कार्यपत्र प्रस्तुत गर्दै सुरेन्द्र श्री विश्वकर्माले जातिय विभेदलाई राज्यले समस्याको रुपमा नलिएको बताए । उनले प्रस्तुत गरेको कार्यपत्रमा मानसिक यातना, पिडकहरुबाट आउने धम्की र झन्झटिलो कानुनी उपचारका कारण पिडितहरुले न्याय नपाएको उल्लेख गरेका छन् । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सामाजिक संरचनाका कारण विभेद कायम रहेको भन्दै यसको निर्मुल अन्त्यका लागि दलित समुदाय पनि सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानिय विकास अधिकारी विष्णुदत्त गौतम, अधिवक्ता दिपा सुनार, महेन्द्र पाण्डे, एचवि रम्तेल लगायतले बोल्दै छुवाछुतमुक्त राष्ट्र घोषणालाई ब्यबहारमा लागु गर्न माग गरे । सरकारले हरेक वर्षको जेठ २१ गतेलाई ‘जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । « Go Back |
Supporters / Sponsors :
