दलित समाचार » जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा कोणशभा
जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा कोणशभा
Posted: June 4, 2011
अंभिर प्रसाद वि.क.,
लमजुङ, जेठ–२१
जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा दलित विकास तथा अनुसन्धान केन्द्र लमजुङको आयोजनामा आज लमजुङको सदुरमुकाम वेशिसहरमा कोणशभाको कार्यक्रम संपन्न भएको छ ।
दलित विकास तथा अनुसन्धान केन्द्र लमजुङका उपाध्यक्ष डिल वहादुर हरिजनको अध्यक्षतामा भएको उक्त कोणसभामा नेपाल उत्पीडित जातिय मुक्तीसमाजका केन्द्रिय सदस्य नन्दराम वि.क., अनेरास्ववियु क्रान्तिकारी लमजुङका अध्यक्ष होम वहादुर वि.क., दलित संघ लमजुङका निवर्तमान अध्यक्ष मन वहादुर वि.क. ले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन केन्द्रका सदस्य विवश वुढाथोकि ले गर्नु भएको थियो। राज्यले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेता पनि व्यवहारमा कार्यन्वयन नभएको कारण जातिय छुवाछुतले प्रश्रय पाईरहेको कार्यक्रमका वक्ताहरुले वताउनुभएको थियो । करिव २५ मिनेट यातायात वन्द गरि गरीएको उक्त कार्यक्रम एक छिन पनि अवरोध हुदा कति गारो हुन्छ भने सदियौ देखि दलित समुदायले अवरोधहरु खेप्नु पर्दा कति अप्ठ्यारो भएको छ भन्ने महसुस दिलाउन यातायात वन्द गरेको दलित विकास तथा अनुसन्धान केन्द्रका कोषाध्यक्ष रविन वि.क. ले वताउनु भयो ।
« Go Back
Supporters / Sponsors :