दलित समाचार » उत्पीडित दलित समुदायद्वारा अनुसन्धान केन्द्रको लागि जग्गा खरिद |
||
| उत्पीडित दलित समुदायद्वारा अनुसन्धान केन्द्रको लागि जग्गा खरिद
Posted: May 25, 2011 अंभिर प्रसाद वि.क., लमजुङ,जेठ–११ लमजुङका उत्पीडित दलित समुदायद्वारा जिल्लामा दलित विद्यार्थीको लागि छात्रावास निमार्ण गर्न जग्गा खरिद गरिएको छ । जिल्लास्थित दलित समुदायका प्रतिनीधिहरुद्वारा स्थापना गरिएको दलित विकास तथा अनुसन्धान केन्द्र नामक संस्थाको नाममा सो जग्गा दर्ता गरिएको हो । संस्थाको लागि गाउँशहर गाविस २ मिलनटोलस्थित रविन्द्र गौतमको ८ आना २ पैसा, २ दाम जग्गा, रु ५ लाख ८३ हजार रुपैयामा खरिद गरिएको संस्थाका अध्यक्ष गोपाल खातीले बताउनु भएको छ । जग्गा खरिद गरिसकेपछि दलित समुदायका विद्यार्थीको लागि छात्रावास निर्माणका लागि भवनको नक्शा तयार गर्ने लगायतको काम अघि बढाईएको संस्थाका सचिव रामचन्द्र परियारले बताउनु भएको छ । « Go Back |
Supporters / Sponsors :
