दलित समाचार » उत्पीडित दलित समुदायले गर्यो अनुसन्धान केन्द्रको स्थापना |
||
| उत्पीडित दलित समुदायले गर्यो अनुसन्धान केन्द्रको स्थापना
Posted: May 20, 2011 अंभिर प्रसाद वि.क., लमजुङ, जेठ–६ वर्षौंदेखि विभिन्न क्षेत्रबाट विभेद र दुव्र्यवहारको सामाना गर्दै आएको उत्पीडित दलित समुदायको उत्थान र सहयोगकोलागि लमजुङका दलितहरुले दलित विकास तथा अनुसन्धान केन्द्र नामक संस्थाको स्थापना गरेका छन् । समाजमा रहेका सामाजिक, साँस्कृतिक, शैक्षिक, आर्थिक लगायतका सबै खाले विभेद, कुसंस्कार र दुव्र्यवहारलाई न्युनीकरण गर्ने र उत्पीडित दलित समुदायको उत्थानको लागि उक्त संस्थाको स्थापना गरिएको बताईएको छ । सो संस्थाको अध्यक्षमा गोपाल खाती, उपाध्यक्ष डिलबहादुर हरिजन, सचिव रामचन्द्र परियार, कोषाध्यक्ष रविन विक र सहसचिव होमबहादुर विक रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा प्रेम रम्तेल, देवबहादुर गहतराज, विवश बुढाथोकी, देवबहादुर विक र किसान संगीत रहेका छन् भने समितिका सल्लाहकारमा पूर्णबहादुर अछामी रहनु भएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको सो संस्थाले पहिलो कार्यक्रम अुनसार सदरमुकाम बेसीशहरमा दलित समुदायका विद्यार्थीको लागि छात्रावास निर्माण गर्ने तयारी समेत गरिसकेको छ । भवन निर्माणको लागि गाउँशहर गाविस २ मिलनटोलमा ८ आना जग्गा खरिदको प्रकृयामा गईसकेको संस्थाका अध्यक्ष गोपाल खातीले बताउनु भएको छ । त्यसैगरि आगामी दिनमा उत्पीडित समुदायमा शैक्षिक, आर्थिक अवस्था सुधारका कार्यक्रम र सो समुदायका विभिन्न समस्यामाथि खोज तथा अनुसन्धानका कार्यक्रम सञ्चालन गर्दै अघि जाने तयारीमा रहेको पनि अध्यक्ष खातीले बताउनु भएको छ । « Go Back |
Supporters / Sponsors :
