दलित समाचार » अन्तरजातीय विवाह गरेको सातामै बेखबर |
||
| अन्तरजातीय विवाह गरेको सातामै बेखबर
Posted: April 29, 2011 बागलुङ, वैशाख १४ अन्तरजातीय विवाह गरेका स्थानीय एक जोडी सातादेखि बेखबर भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । बिनामारे-७ की माया नेपाली र नारायणस्थान-९ का अर्जुन सुवेदी विवाह गरेलगत्तै बेपत्ता भएका हुन् । वैशाख १ गते भागेर विवाह गरेका जोडी घरमा गएको दुई दिनपछि नै बेपत्ता भएको केटीका हजुरबुवा धनबहादुरले बताए । '५ गतेसम्म घरमै रहेका थिए, ६ गते बिहानदेखि दुवै घरमा छैनन्,' धनबहादुरले भने, 'अन्तरजातीय विवाह गरेको भन्दै गालीगलौज गरेपछि उनी भागेका हुन् ।' ६ गते बिहानदेखि दुवैले प्रयोग गर्ने मोबाइलसमेत बन्द गरिएको छ । रहस्यमय तरिकाले उनीहरू बेखबर भएपछि पीडितले मानव अधिकार उच्चायुक्त, राष्ट्रिय दलित आयोग र जिल्लाको उत्पीडित दलित समुदायको सञ्जाल र प्रहरीमा समेत उजुरी दिएका छन् । जातीय विभेदका कारण विवाह गर्नबाट वञ्चित भएको र विवाहपछि पनि परिवारले विभेद गरेको भन्दै नेपालीले तत्काल उनीहरूको खोजी गरिदिन माग गरेका छन् । बाबु खाडी मुलुकमा गएको र आमाले केही नबुझेकाले खोजीमा समेत कठिनाइ भएको नेपालीले बताए । छिमेकीको सहायताले उनीहरूले उजुरी दिइरहेको नेपालीले बताए । 'मलाई केही थाहा छैन, उस्तो हिँड्न पनि सक्दिनँ, कहाँ गएका हुन् खोजीमा सहयोग गरिदिनु पर्ΕΎयो,' उनले भने । कक्षा ५ पढेर छोडेकी नेपाली र एसएलसी उत्तीर्ण सुवेदीबीच फोनबाट भेट भएको र फोनबाटै प्रेम सम्बन्ध बढाएपछि चैते दसैको मेला हेर्न बागलुङ आएको समयमा भागेर विवाह गरेको नेपालीका आफन्तले बताए । सुवेदीका परिवार र आफन्तले भने घटनाबारेमा केही थाहा नभएको बताए । « Go Back |
Supporters / Sponsors :
