लमजुङमा दलित महिलामाथि कुटपिट
Posted: April 29, 2011
अंभिरप्रसाद विक
लमजुङ बैशाख ८ गते । लमजुङको सुन्दरबजारमा एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ । आफ्नो बारीको मकै बाख्राले खान आएपछि धपाउने क्रममा छिमेकीले कुटपिट गरेपछि सुन्दरबजार ५ पुरानो डीकी ३२ बर्षिया शान्ता नेपाली घाईते भएकीछन् । कुटपिटमा संलग्न गाउँकै रामबहादुर घर्ती र उनको भाइबुहारी शीला घर्तीलाई प्रहरीले खोजतलास गरेको छ । उनीहरुले यसअघि धाराको पानी भर्ने क्रममा छोएको भन्दै दुब्र्यबहादर गरेको समेत घाईते नेपालीले वताएकीछन् । कुटपिटवाट नेपालीको छाती र ढाडमा गम्भीर चोट लागेको छ भने उनको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचार हुन नसकी वेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याईएको छ । नेपालीमाथि भएको कुटपिटको लमजुङका रहेका ९ वटा दलितसंग आवद्ध संघसंस्थाले विरोध जनाएकाछन् । « Go Back |