दलित समाचार » भीरवाट खसेर मृत्यू
भीरवाट खसेर मृत्यू
Posted: February 8, 2011
अंभिर प्रसाद विक

लमजुङ/माघ २३ गते
लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नम्बर ८ मा पर्ने बाङ्ग्रेभीरवाट खसेर एकजनाको मृत्यू भएको छ ।
सदरमुकाम वेसीशहरवाट घर जाने क्रममा भीरवाट लडेर सिम्पानी ४ घर भएका ३० वर्षिय जङ्गबहादुर विश्वकर्माको मृत्यू भएको हो ।
विहान सम्म पनि घर नफर्केपछि उनलाई खोज्न पुगेका आफन्त र स्थानीयवासिन्दाले भीरको कुनामा आईतवार दिउँसो मृत अवस्थामा फेला परेको स्थानीयवासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
२ दिनअघि करेन्ट लागेर मृत्यु भएका लमजुङको सिम्पानी गा।वि।स।का खुसीराम भण्डारीको परिवारका लागि क्षतिपूर्तिको माग गर्दै स्थानीयवासिन्दासंग सदरमुकाम वेसीशहर पुगेका विश्वकर्मा फर्कने क्रममा लडेको स्थानीयवासिन्दाले जनाएका छन् ।
विश्वकर्माको शवलाई पोष्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल वेसीशहरमा ल्याईएको छ ।



« Go Back
Supporters / Sponsors :