दलित समाचार » १५ हजार नहुदा दलित महिला विचल्लीमा |
||
| १५ हजार नहुदा दलित महिला विचल्लीमा
Posted: February 1, 2011 रुपा गहतराज नेपालगंज १४ उपचार अभावमा सल्यान थारमारेकी एक दलित महिलाको विचल्ली भएको छ । तीन सन्तानकी आमा थारमारे ४ की मनकली परियार औषधि उपचार गर्ने पैसा नभएका कारण बिचल्ली परेकी हुन । एक वर्ष देखि पाठेघर खस्ने रोगवाट पीडित बनेकी परियारले उपचारको अभावमा आफ्नो जिवन संकटमा परेको भन्दै सहयोगको याचना गर्नुभएको छ । श्रीमानले समेत छोडेका कारण छोराछोरीको पालन पोषण गर्न समेत समस्यामा परेकी परियार शारदा खोलाको किनारामा मजदुरी गर्दै आउनुभएको थियो । रोगले च्यापे पछि मजदुरी समेत गर्न जान छोडेकी परियारको जिवन १५ हजार नहुंदा संकटमा परेको छ । नेपालगन्ज स्थित अस्पतालमा चिकित्सकले शल्यकृया गर्नुपर्ने सुझाव दिएको र त्यसका लागि १५ हजार रुपैया लाग्ने बताए पछि उपचार नगरी सल्यान फर्किएकी परियारले सहयोगको आग्रह गर्नुभएको छ । « Go Back |
Supporters / Sponsors :
