दलित समाचार » आफ्नै पहलमा दलित समुदायले विद्यालय भवन निर्माण |
||
| आफ्नै पहलमा दलित समुदायले विद्यालय भवन निर्माण
Posted: January 9, 2011 समिर गुप्ता नेपालगंज जाजरकोटमा स्थानीय दलित समुदायले स्थानीय जनश्रमदानबाट गाउमै पक्की तीन कोठे विद्यालय भवन निर्माण गरेका छन् । जाजरकोट टालेगाउ गाविस ६ लोहोर गाउका ६० घरधुरी दलित समुदायले जनश्रमदानमा गाउमै तनि कोठे भवन निर्माण गरेका हुन् । दलित बस्तीमा विद्यालय नहुदा बालबालिका पठनपाठनमा समस्या आएपिछ आफ्नै जनश्रमदानमा काम सुरु भएको स्थानीय समाजसेवी विष्णु बहादुर नेपालीले<br>
बताउनुभयो । गाउमा विद्यालयका लागि भवन निर्माण भएपछि दलित समुदायका ८२ जना बालबालिका लागि बाल शिक्षा सुरु भएको नेपालीले बताउनुभयो । स्थानीय महिला देउसरा कामीको अगुवाई र सकि्रयतामा भवन निर्माण भएको हो । स्थानीय दलित समुदाय नै विद्यालय स्थापनाका लागि लागेपछि जिविस जाजरकोटले ५० हजार नगद आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय जाजजरकोटले विद्यालयको साचालनका लागि स्वीकृत दिने समेत जनाएको छ ।« Go Back |
Supporters / Sponsors :
