दलित समाचार » दलित संघ लमजुङको जिल्लास्तरीय भेला सम्पन्न |
||
| दलित संघ लमजुङको जिल्लास्तरीय भेला सम्पन्न
Posted: January 9, 2011 अंभिरप्रसाद विक लमजुङ २४पौष नेपाल दलित संघ जिल्ला कार्य समिति लमजुङले शनिवार जिल्ला स्तरीय दलितहरुको भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य आनन्द घिमिरेको प्रमुख आतिथ्य एवं नेपाल दलित संघ जिल्ला कार्य समितिका अध्यक्ष गोपाल खातीको सभापतित्वमा सम्पन्न भेलाले दलित संघ लमजुङलाई पूर्णता दिएको छ । जस अनुसार उपसभापतिमा लालबहादुर मालुवा सचिवमा देवबहादुर विश्वकर्मा सहसचिवमा लिलबहादुर विश्वकर्मा कोषाध्यक्षमा रविलाल विश्वकर्मा र सदस्यहरुमा मनबहादुर विश्वकर्मा विलबहादुर परियार मनिलाल विश्वकर्मा सुकबहादुर विश्वकर्मा सुकदेव नेपाली धनबहादुर सुनार सागर विश्वकर्मा सोमबहादुर विश्वकर्मा कृष्णमाया विश्वकर्मा र राममाया विश्वकर्मा रहनुभएको छ । भेलाले दलित संघको क्षेत्रीय समिति पनि चयन गरेको छ । जस अनुसार क्षेत्र नं। १ मा खिमबहादुर विश्वकर्मा अध्यक्ष र सचिवमा रामचन्द्र विश्वकर्मा कोषाध्यक्षमा आइतिसंह विश्वकर्मा सहसचिवमा आशबहादुर विश्वकर्मा र सदस्यहरुमा सुग्घरे परियार बलबहादुर मिजार सुकमाया विश्वकर्मा चयन हुनुभएको छ । त्यस्तै क्षेत्र नं। २ मा सभापति रामबहादुर विश्वकर्मा कोषाध्यक्षमा जीतबहादुर विश्वकर्मा र सदस्यहरुमा धनबहादुर अछामी सीताराम परियार र प्रेमबहादुर गोतामे रहनुभएको छ । भेलाले नेपाली कांग्रेसको बाह्रौ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई गाउँ तहसम्म लैजानका लागि नेपाली कांग्रेसले शुरु गरेको जनजागरण अभियानलाई सफल बनाउनका कि्रयाशील हुने संघको गाउँ तहसम्मको कार्यसमितिलाई पूर्णता दिनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिसंग समन्वय गरी कार्यक्रमको रुपमा साचालन गर्ने निर्णय गरेको छ । « Go Back |
Supporters / Sponsors :
