दलित समाचार » दलित महिलाहरुद्धारा संचलित कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न |
||
| दलित महिलाहरुद्धारा संचलित कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न
Posted: January 4, 2011 अंभिर प्रसाद विक लमजुङ १८ पौष लमजुङ हिलेटक्सार गाविसमा रहेको दलित महिलाहरुद्धारा संचालित बनदेवी कृषि सहकारी संस्थाको प्रथम साधारण सभा तथा अधिवेसनले खिममाया सुनारको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा डिलमाया मिजार सचिवमा सुस्मा सुनार सह सचिवमा जानुका विक र कोषाध्यक्ष राधिका सुनार रहेका छन् । शनिवार अधिवेसनले समृता विकको संयोजकत्वमा तिन सदस्यिय ऋण उपसमिति र तिलकुमारी सुनारको संयोजकत्वमा स्वास्थ्य तथा शिक्षा उपसमिति गठन गरेको छ । सहकारीले समुदायमा रहेका सम्पुर्ण वालवालिकालाई अनिवार्य विद्यालय भर्ना गर्ने र विद्यालय नियमित गए नगएको निगरानि साथै विद्यालयको सरसफाईको लागि स्वास्थ्य तथा शिक्षा उपसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष खिममायाले जानकारी दिनु भयो । « Go Back |
Supporters / Sponsors :
