दलित समाचार » एड्स संक्रमित महिलाहरु एड्स विरुद्धको अभियानमा |
||
| एड्स संक्रमित महिलाहरु एड्स विरुद्धको अभियानमा
Posted: January 2, 2011 रुपा गहतराज नेपालगंज १७ गते । आफना श्रीमानवाट एचआइभी एड्स सक्रमित भएका डोटीका महिलाहरु आफै एड्स विरुद्धको अभियानमा लागेका छन । गाँउ गाँउमा पुगेर अहिले उनीहरु एड्स विरुद्ध चेतना जगाउने काममा बेस्त छन । अहिले उनीहरु एड्स लागेका पुरुषलाई बाँकी जिवन आशावादी भएर जिउन सल्लाह दिन्छन । यो अभियानमा एड्स सक्रमित पुरुष भन्दा डोटीका महिला अगाडी छन् । वैदेशिक रोजगारीमा गएका आफ्ना श्रीमानवाट एड्स सक्रमित महिलाहरु अहिले एड्सवाट बच्ने उपायका बारेमा चेतना जगाउने काममा पुरुष भन्दा अगाडी छन् । आफनो दोष बिना रोग पाल्न बाध्य भएका यी महिलाहरु आफुले जस्तो अवस्था अरु महिलाले भोग्न नपरोस भन्ने चाहन्छन । बैदेशिक रोजगारीमा जान लागेका पुरुषलाई एड्सवाट सुरक्षित फर्किन सुझाव दिने र फर्केर आएकाहरुलाई रगत जांच गराउने काममा पनि महिलाले अगुवाई गरेका छन् । रोजगारीका लागि बाहिर जाने भएकाले गाउंमा पुरुषको संख्या कम हुने र एड्सवाट प्रभावित भएर एआरपी लिइरहेका पुरुष समेत घरमा नबस्ने भएकाले सामाजिक काममा समेत महिलाको सकृयता बढेको हो । एकातिर सक्रमित हुनुको पिडा छ भने अर्कातिर घरको आर्थिक भार सम्हाल्ने पुरुषनै रोगि भएपछि उनिहरु थपमारमा परेका छन । प्रभावित पुरुषहरु भन्दा महिलामा बालबालिका र परिवारको भविष्यको चिन्ता समेत बढी हुनेगरेकाले आफुहरु सामाजिक काममा अगाडी सरेको प्रभावित महिलाहरुले बताएका छन् । सामाजिक लालछनाका डरले समस्या लुकाएर बसेकालाई संगठित गर्ने सरकारी निकायमा आफुहरुको सहभागीतालाई सुनिश्चित गर्न दवाव दिने लगायतका काम महिलाहरुले गर्दै आएको डोटी सिलगढी कि एड्स प्रभावित तारा बिकले बताउनुभयो । डोटीको सिलगढीमा रहेको एड्स प्रभावितहरुको संगठन लाली गुराँस एकता समाजमा करिब आठ सय जना संगठित भएका छन् । जसमा चार सय जना एकल महिला मात्र छन् । उनीहरु अहिले खुलेर आफ्ना समस्याका बारेमा सरोकारवालालाई जानकारी गराउने र अधिकारका विषयमा बहस गर्ने भएको सिलगढी कि कमला मल्लले बताउनुभयो । « Go Back |
Supporters / Sponsors :
