दलित समाचार » सार्वजनिक सुनुवाईका बारेमा अभिमुखिकरण |
||
| सार्वजनिक सुनुवाईका बारेमा अभिमुखिकरण
Posted: December 25, 2010 रुपा गहतराज नेपालगाज/पुष ९गते । बाँके र बर्दियाका बिभिन्न गाबिस सचिबहरुलाई सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखापरिक्षण सम्बन्धि अभिमुखिकरण तालिम प्रदान गरिएको छ । बागेश्वरी असल शासन क्लब बास र दलित सेवा सँघको संयुक्त आयोजनामा बाँकेको कोहलपुरमा सो तालिम सम्पन्न भएको हो । एक दर्जन बढि गा।बि।स। सचिबहरुको उपस्थिती रहेको सो तालिममा बासका निर्देशक नमस्कार शाहले सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षणका बारेमा प्रशिक्षण दिएका थिए । सो तालिमको उद्घाटनमा दलित सेवा सँघका केन्द्रीय अध्यक्ष चक्रमान बि।s। र महासचिब ईश्वरी बि।s। लगाएतले सार्वजनिक सुनुवाई र सार्वजनिक लेखापरिक्षणको महत्वका बारेमा बोलेका थिए । नेपाल सरकारले सार्वजनिक सुनुवाई संचालन निर्देशिका २०६६ बमोजिम अनिबार्य रुपमा बर्षको एक पटक सार्वजनिक सुनुवाई संचालन गर्नु पर्ने प्राबधान भएता पनि सो प्राबधान लागु नभएको अबस्थामा अभिमुखिकरणमा सहभागि गा।बि।स। सचिबहरुले आगामी बर्ष देखि सार्वजनिक सुनुवाई अनिबार्य रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । « Go Back |
Supporters / Sponsors :
