दलित समाचार » दलितसँग सम्बन्ध राखेको भन्दै गाउँ निकाला
दलितसँग सम्बन्ध राखेको भन्दै गाउँ निकाला
Posted: December 21, 2010
कृष्ण बिक
पौष ६ दैलेख 
दलित महिलासंग सम्वन्ध राखेको भन्दै कालिकोटको एक गाँउमा एकै घरका चारजनालई गाउँ निकाला गरिएको छ । 
सदसमुकामबाट १० कोष टाढा वदलकोट गाबिस काँडा गाउँका कालीबहादुर वोगटिले दलित महिलासंग सम्बन्ध राखी छोरा जन्माएको भन्दै गाउलेहरुले बच्चा जन्मीएको ६ वर्ष पछि उनको घरपरिवारलाई गाउँ निकाला गरेका हुन् । 
बोगटीको परिवार गाउँमा बस्दा देवताले आफूहरुलाई नराम्रो गर्ने भन्दै गाउँलेहरुले उनीहरुलाई गाउँ निकाला गरेको बताईएको छ । गाउँ निकाला हुनेहरुमा कालिबहादुरका बुबाआमा र भाईबहिनी रहेका छन् । 

« Go Back
Supporters / Sponsors :