दलित समाचार » दलित स-शक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
दलित स-शक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
Posted: December 20, 2010
कृष्ण बिक
पुष ५ दैलेख
दलित सेवा संघ प्रसाखा गमौडिको आयोजना तथा गा।बि।स।sाे कार्यालय गमौडिको आर्थिक सहयोगमा गामौडिमा पुष २ गते दलित अधिकारका लागि स-शक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जातीय भेदभाव विरुद्ध बनेका कानूनी व्यस्थाको वारेमा दलित स्वावलम्ब्ाी समाजका कार्यक्रम संयोजक कृष्ण बि।s। जातीय भेदभाव अन्तका लागि संचार जगतको भूमीका विषयमा गैर सरकारी संस्था महासंघ जिल्ला शाखा दैलेखका सचिव तथा पत्रकार अमर सुनार स्थानीय श्रोत र साधनमा दलित समुदायको पहँुच अभिवृद्धिका लागि बनेका नीतिको वारेमा दलित सेवा संघ जिल्ला शाखा दैलेखका अध्यक्ष सूर्य विश्वकर्मा दलित मानव अधिकारको वारेमा डम्बर विश्वकर्मा आदिले सहजिकरण गर्नु भएको थियो ।
गा।बि।स।स्थीत राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिसंघसंस्थाका प्रमुख तथा प्रतिनीधि गा।बि।स।मा रहेका दलित समुदायको उपस्थतिमा संचालन भएको उक्त कार्यक्रममा राजनैतिक दलका सर्वदलिय संयन्त्र सदस्यहरुले आफूहरु दलित समुदायको अधिकारको लागि लागि पर्ने र स्थानीय स्तरका स्रोत साधनमा दलित समुदायको पहुँच पुर् याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दलित तथा गैर दलित समुदायका गरि करिव एक सय जनाके उपस्थीति रहेको उक्त कार्यक्रमको अध्यक्षता दलित सेवा संघ प्रशाखा गमौडिका अध्यक्ष रामबहादुर मेनालको गर्नु भएको थियो ।
« Go Back
Supporters / Sponsors :