दलित समाचार » जातीय भेदभाव विरुद्ध लोक गित प्रतियोगिता
जातीय भेदभाव विरुद्ध लोक गित प्रतियोगिता
Posted: December 14, 2010
कृष्ण बिक
मंसिर २५ दैलेख 
६२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा दलित स्वावलम्बी समाज दैलेखको आयोजनामा मंसिर २४ गते अधिक रुपमा जातीय भेदभाव हुने क्षेत्रको रुपमा चिनिने दैलेख जिल्लाको ईलाका नं ४ मा रहेको ज्वाला उच्च मा।बि। वेस्तडामा विद्यालय स्तरीय जातीय भेदभाव विरुद्ध चेतना मुलक लोकगित प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सरास्वती नि।मा।बि। कट्टी ९ प्रथमभैरव उ।मा।बि। द्धितीय ज्वाला उ।मा।वि वेस्तडा समुह ख तृतीय र ज्वाला उ।मा।वि वेस्तडा समुह क ले सान्त्वना स्थान हासिल गरेको थियो । उक्त प्रतियोगितामा ८ ओटा विद्यालयका छात्र तथा छात्राको समुहले सहभागिता जनाएका थिए । 
कार्यक्रमा आफ्नो विचार राख्नु हुदै दलित स्वावलम्बी समाज दैलेखका अध्यक्ष प्रेम भुर्तेलले "जातीय भेदभाव मानवता विरुद्धको अपराध भएको र कानूनले दण्डनिय बनाए पनि व्यवहारमा त्यसको प्रयोग गर्न कठिनाई रहेको सन्धर्वमा बिद्यार्थी परिवर्तनका सम्वाहक भएकाले यस किसिमको कार्यक्रम आयोजना गरिएको बतानु भयो ।"
त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गैर सरकारी संस्था महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष अमर सुनारले सयुक्तराष्ट्रसंघले विश्वव्यापी मानव अधिकार घोषण-पत्र जारी गरेको ६२ वर्ष पुगि सक्दा पनि समाजमा विभेद जिरुद्ध सामुहिक आवाज उठ्न सकिरहेको छैन त्यसैले अव सवैले आ-आफ्नो ठाउँ वाट विभेद विरुद्ध आवाज उठाउन सवैलाई आग्रह गर्नु भयो । 
कार्यक्रममा प्रथमद्धितीयतृतीय र सान्वना स्थान हासिल गर्ने समुहलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रम ईलाका स्तरीय दलित नेटवर्कका अध्यक्ष रामबहादुर नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो । 

« Go Back
Supporters / Sponsors :