दलित समाचार » दलित नेताका नाममा पहिलो पटक हुलाक टिकट |
||
| दलित नेताका नाममा पहिलो पटक हुलाक टिकट
Posted: December 14, 2010 ![]() सुशील बिके । काठमाडौ नेपाली दलित मुक्ति आन्दोलनका अग्रणी संस्थापक व्यक्तित्व भगत सर्वजीत विश्वकर्माले सामाजिक परिवर्तनको आन्दोलनमा पुर् याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले उनको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । उनको १ सय १८ औ जन्म जयन्तीको अवसर पारेर भगत सर्वजीत स्मृति प्रतिष्ठानले राजधानीमा आयोजना गरेको बिषेश समारोहमा सूचना तथा साचार मन्त्री शंकर पोखरेलले सो टिकटमा प्रथम दिवसीय टाँचा लगाइ सार्वजनिक गरे । हजारौ वर्षदेखी राज्यको माया र स्नेहवाट पाखा पारिइ अस्तित्व र पहिचान गुमाएका दलित समुदाय राज्यले पहिलो पटक आफ्नो समुदायका व्यक्तिको तस्विर अंकित हुलाक टिकट प्रकाशन गरेको भन्दै हर्षित मात्र भएका छैनन् सरकारको प्रशंसा पनि गरेका छन् । विक्रम सम्वत १९५० साल मंसीर १८ गते बाग्लङको मूलपानी गाविसमा जन्मेका भगत सर्वजीत विश्वकर्माले जातपात र छुवाछूत प्रथाको अन्त्यका लागि आजीवन संघर्ष गरेका थिए । जहाँनिया राणा शासन कालमा ठूलो जोखिम मोलेर उनले बिश्व सर्वजन संघ नामक संस्था खोलेर दलित मुक्तिको अभियान अघि बढाएका थिए । भारतको वनारसवाट संस्कृतमा आचार्य गरी हिन्दुृ धर्मग्रन्थका वेद उपनिषद पुराण आदिको गहन अध्ययन गरेका बिश्वकर्माले आफ्नो जन्मोथलो फर्किएर दलित समुदायलाई शिक्षित तुल्याउन स्कूल खोले । उक्त स्कूल आज बाग्लुङ्गमा विश्वकर्मा माविको रुपमा चिनिन्छ । आरनको टुडो भाँच्ने असहयोग आन्दोलन ूसोली डोल डोली भात भान्छा सबै सरावरी हुन पाउँू भन्ने अभियान शुरु गरेका बिश्वकर्माले दलितले पनि जनई धारण गर्न र शिक्षा लिन पाउनुपर्ने माग राखेका थिए । सर्वजीतका बिषयमा अध्ययन गरेका रणेन्द्र वरालीले टिकट प्रकाशन हुनु ऐतिहासिक र गौरवपूर्ण भएको वताए । सर्वजीत इतिहासको महत्वपूर्ण व्यक्ति भएको वताउँदै उनले राज्यले त्यही रुपमा सम्मान गरेकोमा खुसि व्यक्त गरे । सर्वजीतसँग सहकार्य गरेका दलित नेता पदमिसंह बिश्वकर्माले सर्वजीत संस्कृतका प्रखर ज्ञाता भएकोले छुवाछुतका बिरुद्धमा सशक्त किसिमले वहस गर्न सक्षम रहेको वताए । उनका अनुसार सर्वजीतले तत्कालित धर्मका अगुवाहरुसँग शास्त्रिय वहस गरी धर्मशास्त्रमा छुवाछुत नभएको वताउँथे । टिकटमा टाँचा लगाउने क्रममा संाचार मन्त्री शंकर पोख्रेलले टिकट प्रकाशन समाज रुपान्त्रणको एउटा कडी भएको वताउँदै सानो दायरामा रहेको सर्वजीतको व्यक्तित्व अव अन्तराष्ट्रियस्तरसम्म पुग्ने वताए । दलित समुदायलाई समानता र मुक्तिको वाटो देखाउने सर्वजीत त्यो युगको नायक भएको र राज्यले त्यही अनुरुप सम्मान गरेको भन्दै मन्त्री पोख्रेलले इतिहास अव उज्यालो हुँदै जाने वताए । सर्वजीतको नाममा स्थापित भगत सर्वजीत स्मृति प्रतिष्ठानले उनको टिकट प्रकाशनका लागि सरकारसँग पहल गरेको प्रतिष्ठानका अध्यक्ष छविलाल बिश्वकर्माले जानकारी दिए । उनका अनुसार साचार मन्त्री पोख्रलले सर्वजीतको १ सय १७ औं स्मृति दिवसको अवसरमा उनको तस्विर अंकित टिकट प्रकाशन गर्ने वताएका थिए । सर्वजीत दलित समुदायको मात्र नेता नभई राष्ट्रकै नेता भएको भन्दै प्रतिष्ठानका अध्यक्ष बिश्वकर्माले यस्ता ऐतिहासिक व्यक्तिको टिकट निकालेर राज्यले सत्तरी वर्ष पुरानो दलित आन्दोलनलाई सम्मान गरेको वताए । सर्वजीतले समाजमा हुने विभेदको विरोध गर्दा समाज बिरोधी काम गरेको भन्दै तत्कालिन राणा शासकले उनलाई १७ महिनासम्म जेलको कठोर यातना दिएका थिए । जेलवाट छुटेपछि भारत निर्वासनका क्रममा उनको २०१२ सालमा निधन भएको थियो । « Go Back |
Supporters / Sponsors :

