दलित समाचार » दलित सेवा संघको अध्यक्षमा चक्रमान विश्वकर्मा
दलित सेवा संघको अध्यक्षमा चक्रमान विश्वकर्मा
Posted: December 14, 2010
राजेन्द्र ताम्राकार
काठमाडौं/मङ्सिर २७ गते ।

दलित सेवा संघको चौथो राष्ट्रिय महाधिवेशनले चक्रमान विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको मङ्सिर २१ देखि २३ सम्म काठमाडौंमा सम्पन्न महाधिवेशनले पाँच उपाध्यक्षसहित १९ सदस्यीय कार्यसमितिको गठन गरेको हो ।

संघको सह-अध्यक्षमा गणेश कालिराज बरिष्ठ उपाध्यक्ष रमेश गजमेर उपाध्यक्षँ टंकबहादुर विश्वकर्मा धनबहादुर नेपाली आशा विश्वकर्मा र महिला कोटाबाट शारदा स्वर्णकार निर्वाचित हुनुभएको छ ।

त्यस्तै संस्थाको महासचिवमा ईश्वरी विश्वकर्मा कोषाध्यक्ष रेशमबहादुर सुनार र सचिवमा सन्तोष विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

चौथो राष्ट्रिय महाधिवेशनमा मधेशीबाट उर्मिला महरा राम कर्णालीबाट भीमबहादुर सार्की
कसिङ्गर मङ्गला वि।s र अपाङ्गताबाट तुलाराम विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

त्यस्तै निर्वाचित अन्य सदस्यहरुमा बलबहादुर सार्की सूर्खेत भूमी वि।s बर्दिया कोपिला वि।s लम्जुङ्ग सम्झना मोते मोरङ्ग र नारायणी कोराल कैलाली रहुनुभएको छ ।

महाधिवेशनमा ३० जिल्लाका २ सय १५ प्रतिनिधी तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।

नीति निर्माणदेखि राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको आवाज उठिरहेका बेला संघले विधानमै कार्यसमितिमा ४० प्रतिशत महिलाको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ ।

« Go Back
Supporters / Sponsors :