दलित समाचार » मानवअधिकार दिबसमा नै दलित गिरफ्तार |
||
| मानवअधिकार दिबसमा नै दलित गिरफ्तार
Posted: December 10, 2010 २४ मंसिर, काठमाडौं । ६२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसर पारेर राष्ट्रिय मानवअधिकार आयोगमा शान्तिपूर्ण धर्नामा बसेका दलितहरु माथि प्रहरीले धरपकड गरि जन उत्थान मासिकका सम्पादक रणबहादुर रम्तेललाई गिरफ्तार गरि केहि बेरमा छाड्यो भने दलित नागरिक समाजले आयोगमा ३ बुदे मागहरु राखि ज्ञापन-पत्र बुझाएको छ । मागहरुमा राष्ट्रिय मानवअधिकार आयोगको केन्द्र तथा क्षत्रीय कार्यालयहरुमा समेत कायम हुने गरी दलित समुदायको मानवअधिकारसँग सम्बन्धित विषय वस्तुहरु हेर्नको लागि एक छुट्टै दलित अधिकार विभागको स्थापना गरियोस् , दलित समुदाय माथि जातीयताका आधारमा हुने दलित मानवअधिकार उल्लंघनका घटनाहरुलाई आयोगले पहिलो प्राथमिकताका साथ अनुगमन मूल्यांकन गर्ने संरचना तयार गरियोस् ,३ राष्ट्रिय मानवअधिकार आयोगमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुने गरी कर्मचारीहरुको व्यवस्था गरियोस् रहेका छन् । धर्ना कार्यक्रम र ज्ञापन-पत्र हस्तान्तरण कार्यक्रमको संयोजन दलित गैरसरकारी संस्था महासंघले गरेको थियो । « Go Back |
Supporters / Sponsors :
