दलित समाचार » बेवारिसे बम विस्फोटमा परी दलित बालक घाइते |
||
| बेवारिसे बम विस्फोटमा परी दलित बालक घाइते
Posted: December 7, 2010 रुपा गहतराज नेपालगंज/मंसिर २१ रोल्पा जिल्ला हारजंग गाविस-७ का चार वर्षीय बालक अनाराम विक सोमवार विहान करिव आठ बजे आफ्नै घर छेउँको बारीमा फेला परेको बेवारिसे बम विस्फोटनमा परी गम्भीर घाइते भएका छन् । साथीहरुसँग बारीमा खेल्दै गरेको अवस्थामा फेला परेको फलामको डल्लोलाई ढुंगामा ठोक्काउदा विस्फोटन भएको बताइएको छ । घाइते विकको हाल कोहलपुर मेडिकल कलेल कोहलपुरको आकस्मिक कक्षमा उपचार भैरहेको छ । विस्फोटनबाट उनको अनुहार क्षतविक्षत भएको छ भने छात्ति र बायाँ हातमा पनि गम्भीर चोट लागेको छ । "घाइतेको टाउँकाको सिटी स्क्यान नगरी उसको अवस्थाको बारेमा भन्न सकिदैनु अस्पताल स्रोतले भन्यो" अहिले कोहलपुर मेडिकल कलेजमा सिटी स्क्यान मेशिन बिग्रीएकाले त्यसका लागि अन्त रिफर गरिसकिएको छ ।" " छोरालाई घरमा सुताएर घासकाटन जंगल गएको थिए पछि व्युझिएर साथीहरुसँग बारीमा खेल्न जादा विस्फोटनमा परेछु घटनाका सम्बन्धमा जानकारी गराउदै घाइतेकी आमा धनेश्वरी विकले भन्नुभयो ु श्रीमान कमाउन विदेश जानुभएको छ अरु छोराछोरी पनि काममा जानुपर्छ त्यसैले सानो छोरालाई एक्लै घरमा छाडेर गएको थिए यस्तो घटना भयो । धनेश्वरीका अनुसार उनका पति बैदेशिक रोजगारीका लागि कतार गएको चार वर्ष भयो । उनका अरु दुई छोरा र एक छोरी छन् । सो घटनामा सोही ठाउँका अर्का आठ वर्षीय बालक रामबहादुर विकको पनि हातको औला गुमेको पनि धनेश्वरीले जानकारी गराउनुभयो । यसैबीच घाइते बालककी आमा धनेश्वरीले आफ्नो आर्थिक अवस्था अत्यन्त नाजुक भएको भन्दै विस्फोटनबाट घाइते छोराको उपचारको निम्ति सहयोगको अपील गर्नुभएको छ । "उपचारको लागि गाडी भाडा समेत ऋण मागेर आएको ह" धनेश्वरीले भन्नुभयो "ज्यालादारी विना खाना नपुग्ने मेरो अवस्था भएकाले कसैले मेरो छोराको उपचारमा सहयोग गरिदिए हुन्थ्यो ।" चारवर्षदेखि आफ्नो पति समेत घरमा नभएको र अरु छोराछोरी पनि सा-साना भएकाले अरुवेलामा समेत खानालाउन धौ धौ रहेको पनि धनेश्वरीले बताउनुभयो । फोटो: रुपा गहतराज « Go Back |
Supporters / Sponsors :

रुपा गहतराज