दलित समाचार » शिक्षा ऐन दलितमैत्री बनाउन दलित सभासद्हरु एकजुट हुने
शिक्षा ऐन दलितमैत्री बनाउन दलित सभासद्हरु एकजुट हुने
Posted: December 6, 2010
काठमाडौं/मङ्सिर १९
राजेन्द्र ताम्राकार
शिक्षामा दलित समुदायको पहुँच अभिवृद्धि गर्न शिक्षा मन्त्रालय योजना आयोग सीटीईभीटी लयायतका निकायमा दबाब दिनुपर्नेमा दलित सभासद्हरुले जोड दिएका छन् ।

दलित सेवा संघद्वारा आयोजित "शिक्षा ऐन तथा नियमावली २०६७ मा संशोधन" विषयक अन्तरकि्रयामा दलित सभासद्हरुले संघले तयार पारेको प्रस्तावित मस्यौदा ऐनलाई प्रमुख राजनीतिक दल एकीकृत नेकपा माओवादी नेपाली काङ्ग्रेस नेकपा एमाले र मधेसवादीदलका शीर्ष नेतालाई हस्तान्तरण गर्नसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका सभासद् एवं दलित सभासद् माचका संयोजक तिलक परियारले संविधानसभामा रहेका ५० जना सभासद्को सामूहिक पहलमा सदनमा संशोधन हाल्ने र बहस गराउने बातावरण बताउन आफूहरु एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

परियारले नवौं योजनामा घोषणा गरिएको ुएक विद्यालय एक शिक्षकु को नीतिलाई कार्यान्वयन गर्नसकेमात्रै पनि कम्तिमा ३० हजार दलित समुदायका शिक्षकहरुलाई प्रत्यक्ष रोजगारी दिन सकिने बताएका छन् ।

एनेकपा माओवादीका अर्का सभासद् हरि श्रीपाईलीले नेपाल सरकारकारद्वारा प्रस्तावित शिक्षा ऐन तथा नियमावली २०६७ मा दलित शब्द कहिँकतै उल्लेख नै नभएकोले यो सरासर दलितविरोधी भएको बताएका छन् ।

उनले अहिले नीजि स्कूलले दलित विद्यार्थीलाई उपलब्ध गराउँदै आएको ५ प्रतिशत कोटा र नीजि क्याम्पसहरुले दश जोड दुइमा दिँदै आएको ३ प्रतिशत कोटा सम्बिन्धित विद्यार्थीहरुले पाए नपाएकोमा सरोकारवाला निकायले अनुगमन गर्नुपर्ने र त्यसो नपाइएमा कार्यान्वयनका लागि दबाब दिनुपर्ने बताएका छन् ।

अन्तरकि्रयामा एमाले सभासद् रिमा नेपालीले प्रस्तावित ऐनको मस्यौदामा महिलालाई मात्र सम्बोधन गरिएकोले महिलाभित्र दलित महिला नपर्ने भन्दै दलित ऐनमा दलित महिलाका लागि छुट्टै कोटा निर्धारण गर्न माग गरेकी छिन् ।

कार्यक्रममा एमालेकै सभासद् रामरती रामले राज्यको नीति निर्माण गर्ने ठाउँमा दलित समुदायको पहुँच नभएकोले दलितका समस्या सम्बोधन हुन नसकेको बताइन् । शिक्षामा दलित समुदायभित्र पनि मधेसी दलितको अवस्था अत्यन्त नाजुक भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा उनले जोड दिइन् ।

उच्चशिक्षामा दलित समुदायको पहुँच बढाउने उद्देश्यले दलित सेवा संघले विगत लामो समयदेखि विभिन्न सरोकारवालाहरुकाबीच विभिन्न चरणमा छलफल चलाउदै आएको छ ।

स्मरण रहोस् विभिन्न तथ्याङ्कहरुले देखाएको पछिल्लो विवरण अनुसार नेपालमा कुल साक्षँरता प्रतिशतको जम्मा ३।८० प्रतिशत दलितहरुले मात्र प्रवेशिका एस।एल।सी परीक्षा उत्तीर्ण गरेका छन् भने स्नातक वा सो भन्दा माथि अध्ययन गर्ने दलितको सङ्ख्या ०.४ प्रतिशत मात्र रहेको छ ।

« Go Back
Supporters / Sponsors :