दलित समाचार » विद्यालय जान थाले दलित विद्यार्थी |
||
| विद्यालय जान थाले दलित विद्यार्थी
Posted: December 2, 2010
गाउँबाट अधिकांस दलीतहरु बैदेशीक रोजगारीमा जान थालेपछि आर्थिक अभावका
कारण विद्यालय जान नसकेका बालबालिका धमाधम विद्यालय जान थालेका हुन् । जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती रहेको लुलाङमा दलीत विद्यार्थीहरुका लागि २०३२ सालमा स्थापना भएको विद्यालयमा पछिल्ला तीन वर्षेखि विद्यार्थी संख्या बढ्न थालेको हो । गत शैक्षिक सत्रमा २ सय १४ विद्यार्थी रहेकोमा यो बर्ष३ सय पुगेको विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले बताउनुभयो । ७ कक्षा सम्मको पढाइ हुने लुलाङ निम्नमाध्यमिक विद्यालयमा १ जना जनजाति वाहेक अन्य सवै दलित बालबालीका अध्ययन गर्छन् । नेपाल सरकारले प्रदान गर्ने दलित छात्रबृत्तिसबै विद्यार्थीलाई ३ सय ५०
रुपैयाका दरले प्रदान गर्नुका साथै प्रति विद्यार्थी १ सय ४० रुपैयाका
दरले पुस्तक ढुवानी तथा विद्यालय सुधार भनी रकम सहयोग गर्ने गरेको जिल्ला
शिक्षा अधिकारी दिलनाथ पुरीले बताउनुभयो । विद्यार्थीलाई आकर्षा गर्नको
लािग विभिन्न कार्यक्रम ल्याएको भएपनि अझै २० प्रतिशतभन्दा बढी विद्यालय
जाने उमेरका बालबालिका विद्यालय आउन सकेका छैनन् । अहिले विद्यालपयमा दलीत
समुदायका श्रीपाली, रर्साईली, कुमाई लगाएतका दलीत विद्यार्थी अध्ययनरत
रहेको विद्यालयका शिक्षक जोतेन्द्र पौडेलले बताउनुभयो । विद्यार्थीले
शिक्षाका साथै अतिरित्त क्रियाकलापमा समेत आफ्नो इच्छा देखाएपछि
विद्यालयले आर्थिक जुटाउने प्रयास गरेको छ । Source: Benionline.com.np « Go Back |
Supporters / Sponsors :


