दलित समाचार » दलित केटीलाई गर्भवती बनाई बाहुनको छोरा फरार |
||
| दलित केटीलाई गर्भवती बनाई बाहुनको छोरा फरार
Posted: December 1, 2010 उदयपुर, मंसिर १४ – उदयपुर बेल्टार गाविस–९ की प्रमिला परियारलाई स्थानीय नुतन भट्टराईले गर्भ बोकाई फरार भएपछि अहिले प्रमिला घर न घाटको भएकी छिन्। गत वैशाख महिनादेखि नै प्रमिलालाई बिहे गर्ने प्रलोभन देखाई नुतनले शारिरीक सम्पर्क राख्दै आएको बताइन्छ। तर प्रमिलाको पेटमा गर्भ बसेको थाहा पाएपछि तीन महिनाअघि फरार रहेका नुतन भट्टराईको अहिलेसम्म अत्तोपत्तो नभएपछि प्रमिला बिचल्लीमा परेकी हुन्। अहिले प्रमिलालाई आफ्नो घरबाट बाबु हस्तबहादुर परियारले पनि घरबाट निकालिदिएपछि तिनको जिन्दगी बर्बाद भएको प्रमिलाकी आमा चित्रकुमारी परियार बताउँछिन्। अहिले प्रमिलाको पेटमा नुतन भट्टराईको साढे आठ महिनाको बच्चा छ। यता नुतन फरार भएपछि प्रमिलाको बुबाले समेत घरनिकाला गरेकाले प्रमिला न्याय माग्दै जिल्ला प्रहरी तथा विभिन्न मानवअधिकारवादी र महिलावादी सङ्घसंस्थामा गुहार माग्ने गरेकी छिन्। अहिलेसम्म प्रहरीले नुतनलाई पक्राउ गर्न सकेको छैन। प्रमिला दलित भएकै कारण नुतनका आफन्तहरूले पनि यस कुरालाई बेवास्ता गर्ने गरेको प्रमिलाकी आमा चित्रकुमारीको गुनासो रहेको छ। « Go Back |
Supporters / Sponsors :
