दलित समाचार » दलित समूदायलाई पुजा गर्नमा रोकावट
दलित समूदायलाई पुजा गर्नमा रोकावट
Posted: November 30, 2010

अर्जुन शाह
बाजुरा । मंसिर १३ गते
बाँधु गाविस-१ पाँणी गाउँमा आयोजना गरिएको महायज्ञमा स्थानीय दलित समूदायका व्यक्तिहरुलाई पुजारीले पुजा गर्न दिएनन् । गत कात्तिक २९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन भएको उक्त पुजामा आफूहरुलाई पुजा गर्न नदिएको स्थानीय गोरख सार्कीले बताए । 

पुजाका पुजारी रहेका मष्टी पाध्या र मनि जोशीले आफूहरुलाई यज्ञ स्थलमा आउन समेत नदिएको र पुजा अशुद्ध हुने भन्दै दलित समूदायका व्यक्तिहरुलाई पातमा टिका दिएर अपमान गरेको सार्कीले बताए । 

दलितमाथि गरिएको उक्त व्यवहारको स्थानीय अधिकारकर्मी संघ सस्थाहरुले आलोचना गरेका छन् ।

श्रोत: ईन्सेक


« Go Back
Supporters / Sponsors :