दलित समाचार » अन्तरजातीय विवाह गरेकी महिला अधिकारको खोजिमा |
||
| अन्तरजातीय विवाह गरेकी महिला अधिकारको खोजिमा
Posted: November 29, 2010 मंसिर १२ दैलेख अन्तरजातीय विवाह गरेकी एक महिला अधिकार खोजिका लागि दैलेख सदरमुकाम आई पुगेकि छन् । सल्यान जिल्ला त्रिवेणी गा।बि।स।वडा नं ८ की पुष्पा बि।s।आफ्ना ३ छोरी सहित सदरमुकाम आएकी हुन् । सल्यान जिल्ला त्रिवेणी गा।बि।स। वडा नं ८ की पुष्पा बिक र दैलेख जिल्ला नेपा गा।बि।स। वडा नं ७ का प्रमबहादुर वुढा वीच २०५७ माघ १ गते प्रेम विवाह भएको थियो । प्रेमबहादुर वुढा नेपाल प्रहरीमा कार्यरत रहदा पुष्पा संग प्रेम सम्बन्ध कायम गरि विवाह गरेका थिए । हाल भने कथित तल्लो जातको छोरी विवाह गरेको भनि गाउँ घरले थाहा पाएकोले स्वीकार गर्न नसकेको पुष्पाले वताईन । प्रहरीको जागिर बाट पेन्सनमा निस्के पछि उनी पुष्पालई सल्यान मै छोडि दैलेख आएका थिए । हाल पुष्पा भने श्रीमानले अपनाउन अस्वीकार गरे पछि माईतिको सहयोगमा सल्यानमा ऐलानी जग्गामा बसेकी छन् । उनले भनिन् अहिले जेठी छोरी उर्मिला त्यहीको वोडिङ स्कुलमा यू केजीमा माईली छोरी प्रमिला एलकेजीमा पढ्ने गरेकी छन् र कान्छी छोरी सर्मिला भने सानै छ । मैले छोरी लाई ज्याला मजुदुरी गरेर पढाउने तथा पालन पोषण गर्ने गरेकी छु वावुले पनि त छोरीहरुको पालन पोषण र शिक्षामा सहयोग गर्नु पर् यो नि । मङसिर ९ गते भाउजु ईश्वरी विकलाई साथमा लिएर दैलेख सदरमुकाम आई पुगेकी पुष्पाले श्रीमानले फोनमा म दैलेखमा नै आएर साथमा लिएर जान्छु मुद्दा मामिलाको काम नगर्नु भनेर भने पनि हाल सम्म नआएको र आफूलाई झुक्काएर कतै भागेको आशंका गरिन । उनले भनिन होटलमा बसेका छौ चिनेका आफन्त कोही छैनन् । भएको पैशा पनि सवै सकियो अवत भात खाने पैशा पनि सकिन थाल्यो । उनले दलित अधिकार तथा महिला अधिकारमा काम गर्ने सघ संस्थालाई आफू अन्यायमा परेकाले सहयोग गरिदिन अग्रह गरेकी छन् । पुष्पालाई जातीय आधारमा विभेद गरि श्रीमानले स्वीकार नगरेकाले उनलाई अधिकार प्राप्तिका लागि संस्थाको तर्फ वाट आवश्यक सहयोग गरिने दलित स्वावलम्बी समाज दैलेखका अध्यक्ष प्रेम भुर्तेलले जनाकारी दिए । « Go Back |
Supporters / Sponsors :
