दलित समाचार » पानी छोएको निहुंमा दलित युवती कुटिइन् |
||
| पानी छोएको निहुंमा दलित युवती कुटिइन्
Posted: November 29, 2010 सप्तरी । पानी छोएको भन्दै सप्तरीको राजविराजमा आज एक युवती कुटिएकी छिन् ।सप्तरीको दौलतपुर गाविस-२ घर भई सदरमुकाम राजविराजमा डेरा लिई बस्दै आएकी २० वर्षीया बच्कुनकुमारी राम छिमेकी एक व्यक्तिद्वारा निर्घात कुटिएकी हुन् । पानी छोएको निहुँमा आफूलाई छपकी निवासी रामनारायण यादवले कुटपिट गरेको पीडित युवती रामले बताइन् । छिमेकीको कुटपिटबाट गम्भीर घाइते भएकी रामको राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । राजविराजस्थित राजदेवी टेक्निकल इन्स्टीच्यूटमा राम अध्ययनरत छिन् । यादव भने राजविराज नगरपालिका कार्यालयमा कार्यरत छन् । एकै घरमा डेरा लिई बस्दै आएका उनीहरूबीच धारामा पानी लिनेक्रममा विवाद उत्पन्न भएको बताइएको छ । यता दलित भएकै कारण युवतीलाई कुटपिट गर्नु आपत्तिजनक भएको भन्दै दलित नेटवर्क सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । कुटपिट गर्ने यादव भने हाल फरार रहेको प्रहरीले जनाएको छ । « Go Back |
Supporters / Sponsors :
