दलित समाचार » दलितद्वारा उत्पादित दुध अब डेरीले लिने सहमति |
||
| दलितद्वारा उत्पादित दुध अब डेरीले लिने सहमति
Posted: November 29, 2010 मंसिर ११, दलित सेवा संघ उपशाखा वैरेनिको आयोजनामा दलितको दुध डेरिमा लिने बारे अन्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वैरेनि गाउँ बिकास समितिको भवनमा सम्पन्न अन्तरक्रियामा दलित गैह्र सरकारी महासंघका केन्द्रीय सदस्य हरी रर्साईली, दलित सेवा संघ धादिङ्गका अध्यक्ष श्याम मग्राति, दलित सेवा संघका प्रतिनिधि राजेन्द्र ताम्राकार, एकिकृत माओवादीका प्रतिनिधी उत्तम अधिकारी, नेकपा एमालेका शिव भण्डारी, नेपाली कांगे्रसका गोपि रीमाल, राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रतिनिधि शंकर अर्याल लगायतको उपस्थिति रहेको थियो । अन्तक्रिया कार्यक्रममा उपस्थित प्रतिनिधीहरुले वर्तमान समयमा र्सार्वजनिक स्थानमा दलितद्वारा उत्पादित दुध नलिनुको जातिय विभेद नै प्रमुख कारण भएको धारणा राखेका थिए । कार्यक्रममा डेरी उद्योग सञ्चालकहरुले विगतमा भएका कमि कमजोरीहरु सच्चाउदै आगामि मंसीर १८ गते संयुक्त रुपमा भेला बसी सहमतिका साथ १९ गते बाट वैरेनी र छिमेकी गाउँ विकाश समितिका दलितहरुद्वारा उत्पादित दुध डेरिमा ल्याउने सहमति भएको दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मग्रातीले जानकारी दिनु भएको छ । « Go Back |
Supporters / Sponsors :
