दलित समाचार » दलित छात्रवृत्तिको रकम दुरुपयोग
दलित छात्रवृत्तिको रकम दुरुपयोग
Posted: November 29, 2010

काचनपुर १० मङ्सिर । नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ काचनपुरले दलित छात्रवृत्तिको रकम वितरणमा व्यापक दुरुपयोग भएको जनाएको छ ।

सङ्घको शिक्षा जनवकालत कार्यक्रमअन्तर्गत यहाँका २४ सरकारी विद्यालयको अनुगमनका क्रममा १३ वटा विद्यालयमा दलित छात्रवृत्तिको रकम दुरुपयोग भएको बताइएको छ ।

सङ्घका अध्यक्ष दिलराम टमाटाले शुक्रबार महेन्द्रनगरमा प्रतिवेदन सार्वजनिक गर्दै अनुगमन गरिएका १३ वटा सरकारी विद्यालयमा दलित छात्रवृत्तिको रकम रकमान्तर गरिएको शिक्षक तलबमा खर्च गरिएको प्रशासनिक खर्च गरिएको र छात्रवृत्ति नै वितरण नगरेको पाइएको उहाँले बताउनुभयो ।

कतिपय विद्यालयले दामासाहीका रुपमा छात्रवृत्ति वितरण गरेको पनि उहाँले बताउनुभयो ।

छात्रवृत्ति रकम दुरुपयोग गर्ने विद्यालयहरुमा राष्ट्रिय उच्चमावि धर्मजनता उच्चमावि सिद्धराज उच्चमावि सिर्जना अमर उच्चमावि महेश्वर निमावि महेन्द्र उच्चमावि लक्ष्मी मावि खैयरबटी लक्ष्मी मावि बागफाँटा जेसिज मावि सिद्धराजा मावि बैजनाथ मावि भृकुटी उच्चमावि र घटाल मावि रहेका छन् । रासस


« Go Back
Supporters / Sponsors :