दलित समाचार » दलितभएकै निहुंमा छात्रामाथि कुटपिट |
||
| दलितभएकै निहुंमा छात्रामाथि कुटपिट
Posted: November 29, 2010 जितेन्द्र खड्गा राजविराज, मंसिर १२ - छुवाछुत विरुद्ध अनेकौं अभियानहरु सञ्चालनमा रहेको भए पनि सप्तरीमा भने यस्ता क्रियाकलापहरु अझै पनि रोकिएको छ्रैन् । यसैक्रममा आइतवार विहान अनमी प्रथम वर्षा अध्ययनरत एक दलित छात्रालाई दलित भएकै निहुँमा कुटिएकी छिन् । सप्तरीको दौलतपुर-१ निवासी बचकुन कुमारी राम यसरी निर्घर्रुपमा कुटिएकी हुन् । राजविराज-६ खरसाल टोलमा डेरा लिएर वस्दै आएकी उनलाई त्यही डेरामा वस्दै आएका जमुनी मधेपुरा गाविस छपकी टोल वस्ने रामनारायण यादवले रामलाई निर्घरकुटपुट गरेका छन् । डेरामा विहान नुहाई रहेको वेला यादवले उनलाई कुटपिट गरेका हुने । 'तिमि दलित हौ, त्रि्रो पानी चल्दैन, विहानै विहान किन टुववेलमा आएकी' भन्दै यादवले आफुलाई कुटपिट गरेको पिडित रामले वताईन् । कुटपिटवाट गम्भीर र्घाईते भएकी रामको हाल राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । र्घाईते रामलाई चिकित्सकहरु थप उपचारका लागि विराटनगर रेफर गरेपनि आर्थिक समस्याका कारण उनि विराटनगर जानसकिन् । रामलाई कुटपुट गर्ने रामनारयण यादव हाल फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । « Go Back |
Supporters / Sponsors :
