दलित समाचार » माटोको भाडा वनाउने दलितको पेशा संकटमा
माटोको भाडा वनाउने दलितको पेशा संकटमा
Posted: November 25, 2010
कृष्ण बिक
मंसिर ८ दैलख
दैलेख जिल्ला सदरमुकाम देखि पश्चिममा पर्ने राकमकर्णाली दुल्लु छिउडिपुसाकोट मालिका लगाएतका गाविसहरुमा माटोको भाडा वनाउने दलितहरुको पेशा संकटमा परेको छ । अधुनिकता सगै वजारमा सस्तो मुल्यमा पाष्लाटिक तथा अन्य धातुका भाडाकुडा बजारमा भित्रदा उनीहरुको पेशामा संकट आएको हो । वाजे वावुको पाला देखी नै माटोको भाडा वनाउने काम गर्दै आए पनि अहिले माटाको भाडा बनाउने पेशाबाट घरव्यवहार चलाउन गाह्रो भएको उक्त पेशामा संलग्नहरु बताउछन । अहिले यो पेशा अगालेकाहरु भारतमा ज्याला मज्दूरीको लागि जाने र त्यहीवाट कमाएको आम्दानीवाट घर व्यवहार चलाउने गरेको राकमकर्णालीका ५० वर्षीय धनराजे बि।s।ले वताए ।
उनले निरास हुदै भने ूपहिले -पहिले त कालिकोट अछाम लगाएतका वाह्य जिल्लाहरु सम्म पुगेर गाग्रा सुल्पा भुजुङ्गा लगाएतका अन्य माटाका भाडा विकि्रहुने गर्थे र त्यसकोबाट अनाज र केहि पैसा पाईन्थ्यो र घर व्यवाहर धान्न सहयोग पुगेको थियो । अहिले बजारमा सस्ता प्पाष्टिक तथा धातुका भाँडाहरु भित्रिए पछि हाम्रो पेशा धरापमा परेको छ ।ू माटाको भाडाँकुडा बेचेर भनेजस्तो आम्दानी हुन नसकेको र अन्य पेशा गरेर आम्दानी गर्न नसकिएकोले छोरा छोरीलाई पढाउन नकिएको दुखेसो अर्का दिल्प कामीले पोखे । ूआर्थिक समस्याको कारण समयमा पढ्न नपाएको र दुःख गररे बनाएको माटोको भाडाबाट मिहेनेत अनुसारको ज्याला नपाईने भएकाले आफूले भारतमा गई कमाई गर्ने गरेको २५ वर्षिय देविराम बि।s। ले बताए । यसरी माटाका भाडा बनाउने काममा संलग्न पन्ध्र्र घरधूरीको संख्यामा रहेका राकमका यि दलित घरपरिवार भूमीहिन अवस्थाम रहेका छन् भने यहाँका एक दलित युवा कमल बि।s।ले एस।एल।सी पास गरेपनि उनी पनि कामको खोजिमा भारत तिर नै गएको स्थानीय दिलबहादुर मिजार वताउछन् ।
यसै गरि यस पेशाबाट फाइदा नभएपनि जीवन धान्नकै लागि माटाका भाँडा बनाउने पेशालाई निरन्तरता दिएको दुल्लु १ का दिर्घ कुमाल बताउछन । यस्तै सोहि काममा संलग्न छिउडि पुसाकोट ९ का धने कुमालले भने पेशाबाट पार नलागिने भएकाले आफुले पेशानै छाडेको उनले बताए ।
« Go Back
Supporters / Sponsors :