दलित समाचार » दलित विद्यार्थीद्वारा विद्यालयबाट नौ वर्षदेखि छात्रवृद्धि नपाइएको भन्दै उजुरी |
||
| दलित विद्यार्थीद्वारा विद्यालयबाट नौ वर्षदेखि छात्रवृद्धि नपाइएको भन्दै उजुरी
Posted: November 18, 2010 बैतडी । कात्तिक ३० गते शेरबहादुर चन्द उदयदेव गाविसको पिपलकोट माविका २६ जना दलित विद्यार्थीले विगत नौ वर्षदेखि हालसम्म दलित छात्रवृद्धिलगायत अन्य कुनै सुविधा नपाएको भन्दै ०६७ कात्तिक २८ गते जिल्ला शिक्षा कार्यालय बैतडीमा उजुरी दिएका छन् । विद्यालय व्यवस्थापन र प्राध्यापकको मिलेमतोमा दलित विद्यार्थीले पाउने सुविधा हिनामिना भएको हुन सक्ने आशंका स्थानीय अभिभावक कौशल कोली व्यक्त गरेका छन् । यसअघि स्थानीय दलितहरूले विद्यालय प्रशासनसँग यस विषयमा सोधपुछ गर्दा सो विद्यालयमा दलित छात्रवृद्धि आउने नगरेको जवाफ पाएको सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र पड्डे कोलीले बताए । यही कारण अभिवावकहरू चुप लागेर बसेको तर यससम्बन्धमा जिल्ला शिक्षा कार्यालयमा सोधपुछ गर्दा सबै विद्यालयमा छात्रवृत्ति रकम जाने गरेको थाहा पाएपछि आफूहरूले यसमा चासो राखी खोज खबर गरेको विद्यार्थी कोलीले बताए । उजुरीसम्बन्धमा जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदसित प्रतिक्रिया माग्दा उनले विद्यालय प्रशासनसित स्पष्टिकरण सोधिएको र छात्रवृद्धि रकममा अनियमिमता भएको भए रकम असुलउपर गरी सम्बन्धित विद्यार्थीलाई वितरण गरिने बताए । « Go Back |
Supporters / Sponsors :
