दलित समाचार » छोराको उपचारका लागि सहयोगको खोजीमा भौतारीदै आमा
छोराको उपचारका लागि सहयोगको खोजीमा भौतारीदै आमा
Posted: November 16, 2010
अंभिरप्रसाद वि क
लमजुङ - आर्थिक अभावमा छोराको उपचार गराउन नसकेपछि सहयोगको खोजीमा आर्थिक अभावका कारण विगत ६ वर्षदेखि मानसिक विमारी भएका आफ्ना छोराको उपचार गराउन नसकेपछि बेसीशहरकी उत्पीडित दलित समुदायकी एक महिला सहयोगको खोजीमा भौतारिई रहेकी छन्
२०६१ सालदेखि मानसिक सन्तुलन गुमाएका आफ्नो छोरा लक्ष्मण विकको उपचार गराउन आर्थिक समस्या भएकी बेसीशहर वडा नं ४ सहजीकी मैतकुमारी विक आर्थिक सहयोगको खोजीमा जिल्लास्थित कार्यालय संघसंस्था र व्यक्तिको घरमा धाउदै आउनु भएको हो । विद्या विकास बोर्डिङमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा मानसिक सन्तुलन गुमाएर असाधारण गतिविधि देखाउँदै आएका लक्ष्मणको उपचारका लागि आमा-बाबुले धामीझाँक्री देखि बेसीशहर काठमाडौं पोखरा भैरहवा लगायतका विभिन्न हस्पिटलबाट उपचार गराएका पनि हुन् ।
उपचारको क्रममा ऋणधन गरेरै र सेसो्रकको सहयोगमा झण्डै सात लाख रुपैयाँ खर्च गरिसकेको मैतकुमारीले बताउनु भयो । तर आर्थिक अभावमा आवश्यक मात्रमा उपचार गराउन नसकेकोले सहयोगको खोजी गर्दै हिडेको र आजसम्म आवश्यक सहयोग जुट्न नसकेको उहाँले बताउनु भएको छ । मानसिक सन्तुलन गुमाएका लक्ष्मण बजारको फोहोर बटुल्दै हिड्ने घरमा भएका भाडाकँडा र सामानहरु फालिदिने कपडाहरु जलाईदिने र घरपरिवार लाई नै कुटपीट समेतका गतिविधि गर्ने भएकोले परिवारजन निकै पीडित बन्दै आएको छ ।
२०६१ साल असार ११ गते तत्कालिन विद्रोही माओवादीले बेसीशहरको युनिभस्रल बोर्डिङमा बम विस्फोट गराउँदा उनी बाटोमा हिडीरहेको र विष्फोट पछि लक्ष्मणको मानसिक अवस्था विग्रदै गएको पनि उनकी आमा मैतकुमारीले बताउनु भयो । विष्फोटनमा परि उनको वाँया पिडौंलामा घाउ लागेको र अझै त्यसको दाग समेत रहेको पनि बताउनु भएको छ । विष्फोटकै क्रममा घाईते भएको बताएपनि द्वन्द्वका क्रममा घाईते हुनेहरुमा उनको नाम कँहीकतै उल्लेख गरिएको पाईएको छैन । लक्ष्मणकी आमाले भनेजस्तै साँच्चै उनी बम विष्फोटकै क्रममा घाईते भएका वा विष्फोटनकै कारण उनको दिमागमा असर परेको हो भने त्यसबारेमा सम्बन्धित संघसंस्था तथा निकायले सुझबुझ गर्नुपर्ने कर्तव्य हुनजान्छ ।
थप जानकारी र सहयोगका लागि: +977- 9846-314698 (Ambhir)

« Go Back
Supporters / Sponsors :