दलित समाचार » छोरी पढाउन नसक्दा आत्महत्या |
||
| छोरी पढाउन नसक्दा आत्महत्या
Posted: November 12, 2010 अंभिर प्रसाद विक लमजुङ साँझ स-परिवार हाँसी खुसी खाना खाएर सुतेका उदीपुर-२ लमजुङका ६५ वर्षिय धनबहादुर परियारको मनमा के थियो परिवारका सदस्यले कुनै भेउ पाएका थिएनन् । नाम धनबहादुर भए पनि उनको जीवन जहिले पनि गरिबीमै बित्यो । र गरिबीसंग लड्न नसकेर उनले आफ्नो जीवन त्याग गरे । "सबेरै सुत्ने ठाउँमा हेर्दा बुबा हुनुहुन्थेन शौचालय गएको होला भनेर धेरै समय पखिर्यौं" यस वर्ष प्रवेशिका पूरक परीक्षा उत्तीर्ण छोरी सरस्वतीले भक्कानो छुटाइन् "धेरै बेरसम्म पनि नआएपछि बाहिर निस्कँदा उहाँलाई बारीको रुखमा ´झुन्डिरहेको देखेँ ।" धनबहादुरले छोरीको क्याम्पस भर्ना शुल्क र पढाइ खर्च जुटाउन नसक्ने देखेपछि शुक्रवार राति घरछेउकै बारीको रुखमा आत्महत्या गरेका हुन् । आफ्नो बाबुले ऋण खोजेर ल्याएपछि छोरी सरस्वती भर्खर भर्ना भएर सदरमुकाम वेसीशहरको मस्र्याङदी क्याम्पस पढ्दै थिइन् । उनका परिवारका सबै सदस्य ज्याला मजदुरीबाट गुजारा चलाउँछन् । ुअब मेरो पढाइमा पुर्णविराम नै लाग्ने भयोु अप्रत्यासित पितृशोक ´ेलिरहेकी सरस्वतीले हारगुहार गरिन् ुकसैले सहयोग गरिदिए पढ्थें तर यो दुनियाँमा गरिबलाई सहयोग गर्ने को नै छ र सबै ठाउँमा नातावाद र कृपावाद चल्दोरहेछ ।ु उनले उदीपुरकै जनकल्याण माविवाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । कान्छो छोरा जनकल्याणमै ९ कक्षामा पढ्छन् । ुभारी बोकेर कति दिन खानेु जेठो छोरा दीपकले भने ुकाम पाइँदैन कसरी जीवन चलाउनु ु उनले बहिनी पढाउनसमेत गाउँलेसंग ऋण मागेको वताए । जग्गा-जमिनविहीन उनीहरु स्थानीय बासिन्दाले दिएको सानो जग्गामा खरले छाएको ´ुपडीमा बस्दै आएका छन् । साँझ-विहानको छाक टार्न पनि उनीहरुलाई धौ-धौ छ । भारी बोकेर बंेसीसहर भोटेओडार र आसपासका गाउँ पुगेर परिवार धान्दै आएका धनबहादुरको आत्महत्यापछि उनको परिवार थप विचलित भएको छ । "कमाउने मान्छे पनि जानुभयो अब कसरी जिउने" शोकले विह्वल धनबहादुरकी ५५ वर्षिया जीवनसंगिनीले बर्बरी आँसु ´झारिन् "अब मेरो पनि बाँच्ने इच्छा रहेन ।" रोगी भए पनि गरिबीका कारण उपचार नगराई बसेकी धनबहादुरकी जीवनसंगिनीलाई यतिबेला आफ्नो श्रीमान् र घरपरिवार कसरी चलाउने भन्ने पीरले सताएको छ । "परिवारलाई अहिलेसम्म उहाँले नै पाल्नुभएको थियो अब कसले पाल्ने" उनले भनिन् । प्रहरीले शनिबार दिउँसो घटनास्थल पुगेर मुचुल्का उठाएको छ । धनबहादुरको लमजुङ सामुदायिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । ´झुन्डेर आत्महत्या गरे पनि अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक कुशलपुरुष ढकालले वताए । « Go Back |
Supporters / Sponsors :
