दलित समाचार » दलित बालिका बलात्कारको आरोपमा मुद्दा दर्ता
दलित बालिका बलात्कारको आरोपमा मुद्दा दर्ता
Posted: November 4, 2010
नवराज पथिक
रामेछाप । कात्तिक १७ गते
सुकाजोर गाविस-२ की एक १६ वर्षीया दलित किशोरीलाई बलात्कार गरेको आरोपमा रामेछाप गाविस- ९ का २४ वषीय फडेन्द्र श्रेष्ठ र २१ वर्षीय रोशन तामाङमाथि ०६७ कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा मुद्दा दर्ता भएको छ।

दुई जना युवकले ती किशोरीलाई रामेछापको अस्पताल नजिकैको जंगलबाट ०६७ कात्तिक ७ गते नियन्त्रणमा लिई रामेछाप बजारको एउटा कोठामा राखि रातभरि सामूहिक बलात्कार गरेका पीडित किशोरीले बताइन् । उनलाई रातभरी बलात्कार गरेपति बिहानी पख पीडकहरू ढोकामा बाहिरबाट चुकुल लगाएर भागेका र आफूले हल्ला गरेर मानिसहरू बोलाएको उनले बताइन् ।

घटनामा संलग्न दुवै जना फरार रहेका छन् । उनीहरूको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
Source: INSEC


« Go Back
Supporters / Sponsors :