दलित समाचार » जातिय राज्य नबनाउन दलित आयोगको सुझाव |
||
| जातिय राज्य नबनाउन दलित आयोगको सुझाव
Posted: November 3, 2010 काठमाडौं ,१६ कात्तिक । राष्ट्रिय दलित आयोगले संविधानसभा अन्र्तगतका बिषयगत समितिहरुमा जातिय राज्यको माग गरिको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उसले जातिय राज्य बनाउने भए दलितहरुका लागि पनि दलित राज्य हुनुपर्ने माग गरेको छ । आयोगका अध्यक्ष विजुल विश्वकर्मासहितको टोलीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसंग भेटगरी बिभिन्न समूहले जातिय राज्य माग गरिएका सम्बन्धमा चासो ब्यक्त गरेको हो । अयोगले दलित समूदाय भन्दा पनि कम जनसंख्या रहेका समूदायका लागि जातिय राज्य माग गरेको र त्यस प्रति संविधानसभाका बिषयगत समितिहरुले उच्च प्राथमिकता दिएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको अध्यक्ष बिश्वकर्माले जानकारी दिएका छन् । आयोगले दलित समूदायलाई पनि जातिय राज्य दिनुपर्ने अन्यथा कसैलाई जातिय राज्य नबनाउन सुझाव दिएको बिश्वकर्माले बताए । अध्यक्ष नेम्वाङसंगको भेटपछि सम्वाददाताहरुसंग कुरा गर्दै आयोगका अध्यक्ष विश्वकर्माले दलित समूदाय मुलुकभरी छरिएर रहेको भन्दै जातिय राज्य बनाउने भएमा दलित समूदायका लागि पनि अलग जातिय राज्य दिनुपर्ने माग गरे । उनले जातजातिको नाममा राज्य बनाउदा समस्या आउने बताउदै जातिय राज्य नबनाउन माग गरेको बताए । यसैवीच राष्ट्रिय दलित आयोगले आजै प्रधानमन्त्री माधवकुमार नेपालसंग भेटगरेर दलित समूदायका मुद्धाप्रति ध्यान दिन आग्रह गरेको छ । आयोगले संविधानमा दलितका मुद्धालाई अग्रताका साथ उठाउनु पर्नेमा नउठाएको भन्दै दुःख व्यक्त गरेको आयोग अध्यक्ष विश्वकर्माले जानकारी दिए । « Go Back |
Supporters / Sponsors :
