दलित समाचार » पुस्तौंदेखि खलिया बस्दै दलित |
||
| पुस्तौंदेखि खलिया बस्दै दलित
Posted: November 3, 2010 अजर्ुन शाह बाजुरा, कार्तिक १६ अरूको जग्गामा बसोवास गर्नु परेकाले बाजुराको कोटिला गाविसको खोयाका २३ दलित परिवार जीविकोपार्जनका लागि पुस्तौंदेखि गैरदलितको खलिया बस्दै आएका छन् । स्थानीय मनबहादुर मल्ल र पाण्डुसेनका मुखिया काँसी जेठाराको जग्गामा घर भएका यी दलित परिवारले १५ पुस्तादेखि उनै जग्ग्ााधनीकै खलियाका रूपमा काम गर्दै आएका हुन् । जग्गाधनीको खेतीपाती र सम्पूर्ण कामकाज गरेबापत वर्षको दुईपटक पाएको एक-एक क्विन्टल अन्नले उनीहरूको गुजारा चल्दै आएको छ । खलिया काम गरेबापत आउने अन्नले गुजारा गरेको सौरे दमाई बताउँछन् । तत्कालीन समयमा मल्ल र जेठारा परिवारले आफूहरूको काम गर्ने र खेतीपाती गर्नुपर्ने सर्तमा भूमिहीन आफ्ना पुर्खालाई जग्गा दिएर घर-बस्ती बसालेका यस गाउँका बूढापाकाले बताए । घरबस्ती बसालेको जग्ग्ाा आफ्नो नाममा नभएसम्म कानुनी रूपमा जुनसुकै बेला आफूहरूको उठिवास हुन सक्ने बताउँदै उनीहरूले चिन्ता गरिरहेका छन् । 'जग्ग्ााधनीले कुन दिन जा भन्छ भन्ने सधैंको चिन्ता छ,' गबले भने । 'हामी त बँधुवा भएका छौं, मालिकलाई खुसी गराएसम्म बस्न पाइन्छ उनीहरू रिसाएको दिन जानुपर्ने निश्चित छ,' बस्तीका अगुवा सौरेले झर्को मान्दै भने । जुनसुकै बेला उठीवास हुने चिन्ताले आफूहरूले खुलेर समस्या राख्न नसकेको गाउँलेहरू बताउँछन् । 'यो कुरा उठाउँदा जग्गाधनी रिसाएर घरबार हटाए भने कता बसौंला भन्ने पीरले कुरा राख्न सकेका छैनौं,' धनलाल दमाईले दोहोरो समस्या सुनाए । तर पनि गोप्य रूपमा दुई वर्षयता भूमिअधिकारकर्मीसमक्ष पुस्तौंदेखि बसोवास गर्दै आएको घर जमिन आफ्नै नाममा गर्न पहल गरिदिन आग्रह गर्दै आएको भए पनि कार्यान्वयन भने हुन नसकेको गाउँका युवाले बताए । यसरी पुस्तौंदेखि सिंगै बस्तीका सबै परिवार भूमिहीन भई अर्काको जग्गामा घरवास गर्नु परे पनि आफ्नो समस्याबारे कतै कुरा राख्न नसकेको उनीहरू बताउँछन् । भूमिअधिकारका सवालमा काम गरिरहेका गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गगन रावल आफूले पुस्तौंदेखि घरबस्ती बसालेको जग्गा दलितहरूकै नाममा हुनुपर्ने जिकिर गर्दै आएको भए पनि कार्यान्वयन भने हुन नसकेको बताउँछन् । Source: http://www.ekantipur.com/ « Go Back |
Supporters / Sponsors :
