दलित समाचार » लमजुङमा अन्तरदलित फुटवल खेल सम्पन्न |
||
| लमजुङमा अन्तरदलित फुटवल खेल सम्पन्न
Posted: October 24, 2010 अंभिर प्रसाद विक लमजुङ विजय दशमीको अवसरमा लमजुङ जिल्लाको उत्तरकन्या गा।वि।स। वगुङमा अन्तर दलित फुलवल प्रतियोगीता शनिवार सम्पन्न भएको छ । स्थानिय प्रगति युवाक्लको आयोजनामा कार्तिक ३ गते देखि जारि उक्त फुटवल प्रतियोगिताको विजेता न्यूस्टार युवा क्लव कपुरगाउं रहेको छ । यसै गरि घनपोखरा युवा क्लव घनपोखरा सह विजेता वनेको छ । कुल १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडि नवसिर्जना युवाक्लव पसगाउका आइत वहादुर वि।s। घोसित भएका छन् । प्रतियोगितामा विजेताले खसि प्रमाणपत्र र मेडल पाएको छ यसै गरि सह विजेताले वोका प्रमाणपत्र र मेडल पाएको छ । शनिवार एक कार्यक्रमका विच प्रमुख अतिथि नेपाल उत्पीडित जातिय मुक्ती समाज लमजुङका सदस्य रामवहादुर वि।s। र क्लवका अध्यक्ष प्रेमवहादुर विकले पुरस्कार वितरण गर्नुभएको थयो । दलितहरु विचको परिचय एकता र प्रतिभा प्रस्फुटनका लागि खेल आयोजना गरिएको क्लवका अध्यक्ष प्रेम वहादुर वि।s। ले वताउनु भयो । « Go Back |
Supporters / Sponsors :
