दलित समाचार » सुनचाँदी व्यवसायीलाई धम्की
सुनचाँदी व्यवसायीलाई धम्की
Posted: October 4, 2010
मोरङ, १७ असोज । मोरङका विभिन्न स्थानहरुमा सुनचाँदीको व्यवसाय साचालन गर्दै आएका व्यवसायीहरुलाई जातीय मुक्ति मोर्चा बताउने समुहले धम्क्याउँदै चन्दा आतंक मच्चाएको छ । मोरङको पथरी बेलवारी लेटाङ लगायतका बजारहरुमा बसेर सुनचाँदीको कारोबार साचालन गर्दै आएका व्यवसायीहरुमाथि जातीय मुक्ति मोर्चाको नाममा धम्की आएको हो ।
फोनमार्फत लाखौं रुपैयाँ चन्दा माग गरिएको र नदिए ज्यान मार्ने धम्की आएपछि आफुहरु भयभित भएको व्यवसायीहरुले बताएका छन् । बारम्वार पैसा दिन चर्को धम्कीसहितको दवाब आउन थालेपछि आजकल धेरैले मोवाईलको स्विच अफ गरेर राख्न थालेको एक व्यवसायीले बताउनु भयो ।
चिनेजानेकै स्थानीय व्यक्तिको मोवाईलबाट पार्टीलाई चन्दा सहयोग गर्नुपर् यो भन्दै धम्की आएपछि व्यवसायीहरुले प्रहरीमा उजुरी गर्न पनि डराएका छन् । पथरी र वेलावरी लगायतका बजारमा सुनचाँदीको कारोबार गर्ने खासगरी दलित समुदायका व्यवसायीलाई धम्की दिनेगरेको पीडितहरुको भनाई छ ।
जातीय मुक्ति मोर्चाको सचिव बताउने फणिन्द्र उपनामका व्यक्तिले फोन गरेर धम्क्याउने गरेको बताइएको छ । पीडितहरुका अनुसार मोरङ बाहेक धरान र इटहरीमा व्यावासाय साचालन गरेर बसिरहेका दलितहरुलाई पनि जातीय मोर्चाका नाममा धम्की आईरहेको छ ।
« Go Back
Supporters / Sponsors :