दलित समाचार » दलितलाई निकाला गर्ने धरौटीमा रिहा |
||
| दलितलाई निकाला गर्ने धरौटीमा रिहा
Posted: October 4, 2010 हेटौंडा , आश्विन १६ - तल्लो जातको भनेर घरभाडामा बसेकी दलित छात्रालाई घरबाट निकालेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक महिलालाई धरौटी लिई तारेखमा छाडेको छ । निमित्त जिल्ला न्यायाधीश हरिप्रसाद भट्टको जलासले शुक्रबार दलित छात्रालाई पानी नचल्ने जातको भनी घरबाट निकालेको आरोपमा हेटांैडा नगरपालिका-४ की ४९ वषर्ीया गौरी बर्तौलालाई १० हजार धरौटी लिई तारेखका छाडेको हो । जातीय विभेद गरी घरबाट निकालेको आरोपमा अभियुक्त बर्तौलालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । सरीखेत गाविस घर भई उच्च शिक्षा हासिल गर्न हेटौंडामा कोठा भाडामा लिई बसेकी देउती परियारलाई घरबेटी बर्तौलाले पानी नचल्ने जातको भनी अपमानित गरेर असोज ५ मा घरबाट निकालेकी थिइन् । « Go Back |
Supporters / Sponsors :
