दलित समाचार » खटिकले पुरस्कार थापिन
खटिकले पुरस्कार थापिन
Posted: September 28, 2010
रुपा गहतराज
नेपालगन्ज/न्यूनतम सहयोगबाट आफ्नो परिवारको आर्थिक उन्नतीका साथै सामाजिक क्षेत्रमा योगदान पुर् याएकी बँकेकी एक दलित महिलालाई आईतवार नेपालगन्जमा स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
हेफर ईन्टरनेसनल नेपालले संस्थाको १३ औ वार्षिक उत्सब कार्यक्रमका अबसरमा बाँके बेतहनी-९ की जनचेतना महिला बचत समूहमा आबद्ध कौशल्या खटिकलाई १ हजार अमेरिकी डलर अर्थात ७० हजार नेपाली रुपैया तथा सम्मान पत्र सहित स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी रेशम पाण्डेले खटिक र उनका श्रीमान्लाई ७० हजार रुपैयाको चेक तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए।
सो संस्थाले यस बर्ष बाँकेकी कौशल्या खटिक नवलपरासीकी कुन्तिकुमारी गुरौ पाल्पाकी कमला भण्डारी र सर्लाहीकी चन्द्रावती श्रेष्ठलाई पुरस्कार प्रदान गरेको संस्थाका क्षेत्रीय कार्यक्रम व्यवस्थापक दुर्गा केसीले जानकारी दिएका छन् । हेफर नेपालले प्रत्येक बर्ष बिभिन्न समूहमा आबद्ध महिलाहरुलाई पुरस्कारले सम्मान गर्दै आएको छ ।

« Go Back
Supporters / Sponsors :