दलित समाचार » छुवाछुत प्रथा उन्मुलनको माग गर्दै ज्ञापनपत्र |
||
| छुवाछुत प्रथा उन्मुलनको माग गर्दै ज्ञापनपत्र
Posted: September 27, 2010 दमौली असोज ११ नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटि तनहूँले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । छुवाछुत प्रथा कानूनमा दण्डनीय र राज्यले छुवाछुत मुक्त राष्टू घोषण गरेतापनि प्रभावकारी कार्यान्ववय नभएकोले प्रभावकारी गराउन माग गर्दै समाजले ज्ञापनपत्र बुझाएको हो । समाजका केन्द्रीय सदस्य नोकबहादुर विकले प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई उक्त ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा अब आउने बजेटमा दलित मुक्तिको लागि ठोस कार्यक्रम ल्याउन समेत माग गरिएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाजका सचिव सीताराम सुर्खाली एमाले जिल्ला कमिटि सदस्य रनिसं नेपाली हरिमाया विक कोषाध्यक्ष तिलक दवाडी गोपीलाल विश्वकर्मा र टंकलाल परियार सहभागी थिए । Source: लोकवाणी « Go Back |
Supporters / Sponsors :
