दलित समाचार » तल्लो जातकी भनेर छात्रालाई घरबाट निकाल्ने महिला पक्राउ
तल्लो जातकी भनेर छात्रालाई घरबाट निकाल्ने महिला पक्राउ
Posted: September 27, 2010
प्रताप विष्ट
मकवानपुर । असोज ११ गते

तल्लो जातकी भनेर घर भाडामा बसेकी दलित छात्रालाई घरवाट निकालेको आरोपमा प्रहरीले एक जना महिलालाई गिरफ्तार गरेको छ ।

पानी नचल्ने जात भनेर घरबाट निकालेको आरोपमा हेटौडा नपा-४ की ४९ वर्षीया गौरी बर्तौलालाई ०६७ असोज ११ गते प्रहरीले पक्राउ गरेको हो ।

सरिखेत गाविस घर भई उच्च शिक्षा हासिल गर्न हेटौडामा कोठा भाडामा लिएर बसेकी देउती परियारलाई घरबेटी बर्तौलाले पानी नचल्ने जातको भनी अपमानित गरेर ०६७ असोज ५ गते घरबाट निकालेकी थिइन् ।

 

२० वर्षीया परियारले जातीय विभेद गरेर घरबाट अपमानित ढङ्गले निकालेकाले घरबेटी बर्तौलालाई कानुनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौडामा ०६७ असोज १० गते मुद्दा दर्ता गरेकी थिइन् । कोठा भाडामा लिएर बसेकेा दिन नै घरबेटी बर्तौलासँग परिचय गर्ने क्रममा परियारलाई तल्लो जातको भन्दै घरबाट निकालेकी हुन् ।

 

यस घटनाको मकवानपुरमा कार्यरत दलित संघसंस्थाहरुको संञ्जालले संयुक्त रुपमा  विरोध गर्नुको साथै जातीय विभेद गरी अमानवीय व्यवहार गरेर घरबाट निकाल्ने घरबेटीलाई कानुनी कारवाही गर्न माग गरेका छन् । जातीय विभेद र छुवाछुत गर्ने व्यक्तिलाई मुलुकी ऐन अदालतको महल अनुसार ३ महिनादेखि २ वर्षसम्म कैद वा २ हजारदेखि २५ हजार रुपैया जरिवाना गर्ने व्यवस्था छ ।

Source: INSEC


« Go Back
Supporters / Sponsors :