दलित समाचार » दलित बालिका बिचल्लीमा पारी फरार पाण्डे बिरुद्ध मुद्दा
दलित बालिका बिचल्लीमा पारी फरार पाण्डे बिरुद्ध मुद्दा
Posted: September 27, 2010
सीता भण्डारी , गुल्मी
गुल्मी धुर्कोटबस्तुकी १४ बर्षीया दलित कालिकालाई गर्भधारण गर्राई छोरी समेत जन्माएर फरार भएका स्थानीय एक पाण्डे परिवार बिरुद्ध आज जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरिएको छ । धुर्कोटबस्तु वार्ड नम्बर ३ निवासी करिब १४ वर्षीया बालिका चन्द्रीका नेपाली (पाण्डे) लाई स्वीकार्र्नुको साटो खुसुक्क कसैलाई थाहा नदिई आफ्नो घर सम्पत्ति समेत बेचेर फरार भएका टेमलाल पाण्डे उनकी श्रीमती राधादेवी र छोरा रामचन्द्र पाण्डे विरुद्ध आज जिल्ला अदालत गुल्मीमा दलित अधिकारकर्मीहरुले मुद्दा दायर गरेका हुन ।

निज पाण्डेले छोरालाई गत जेठ देखि नै भगाएको र बुहारी चन्दीकाले गत महिना एक छोरीको जन्म दिएपछि उनलाई दलित भएका कारण स्वीकार्न नसकी जालसादी गदै आफ्नी छोरीको नाममा घर सम्पत्ति बेच बिखन गरि हाल परिवार नै फरार रहेका छन । पाण्डे परिवारले आफुलाई बिचल्लीमा पार्न कसैलाइ थाहा नदिई जालसादी पुर्ण तरिकाले घर सम्पत्ति बेच बिखन गरि फरार भएकोले उक्त जालसादी गरि बेचिएको घर सम्पत्ति बदर गरि अशं दिलाई पाउँ भनि दलित बालिका चन्द्रिकाले मुद्दा दिएकी हुन ।
उनको मुद्दा नेपाल बार एशोसिएशन गुल्मीको निशुल्क कानुनी सहायता र उत्पीडीत समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश बिश्वकर्मा, माओवादी निकट नेपाल राष्टिय दलित मुक्ति मोर्चाका सचिब धर्म बिश्वकर्मा, एमाले निकट नेपाल उत्पीडीत जातीय मुक्ति समाजका उपाध्यक्ष छविलाल बिश्वकर्मा , सचिव धनेन्द्र बिश्वकर्मा, दलित महिला सघंकी अध्यक्ष कमला बराल लगायतका अधिकार कर्मीहरुले ती बालिकालाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जाहेर गरेका छन ।
Source: नेपालीको रेडियो 88.8

« Go Back
Supporters / Sponsors :