दलित समाचार » दलितहरु शौचालय निर्माण र बाटो सफाईमा जुटे |
||
| दलितहरु शौचालय निर्माण र बाटो सफाईमा जुटे
Posted: September 27, 2010 प्रकाश डोटेल स्याङ्जा–११ असोज बाटोको छेउ–छाउमा दिसा पिसाब गर्ने बानी त्यसको सरसफाइमा कसैले चासो नदिदा बाटोमा हिडने बटुवा नाक थुनेर हिड्नु पर्ने बाध्यता भोगिरहेका यहाँका स्थानिय बासिन्दाहरु उक्त समस्याबाट मुक्त हुने भएका छन्। स्याङ्जाको रापाकोट गाविसमा रहेका दलित समुदायका स्थानियबासिन्दाहरु घर–घरमा शौचालय निर्माण तथा बाटो सरसफाईमा एक साथ जुटेपछि सो समस्याबाट मुक्त हुने भएका हुन्। रापाकोट गाविसमा रहेका दुई सय १५ दलित घर परिवारहरुमा गाउँ विकास समितिको दलित उत्थान कोषको आर्थिक सहयोगमा शौचालय निर्माण र घर वरपरका बाटो सरसफाइमा दलित समाज एक भएर जुटेको छ। दलित उत्थान समाजले रापाकोट गाउँ बिकास समिति वडा नम्बर २, ३, ४, ५, ८ र ९ का रहेका दलित परिवारमध्ये २२ घर परिवारले शौचालय निर्माण गरिसकेका छन्, स्थानिय दिपक विकले भने, बाँकी परिवार पनि शौचालय निर्माणको क्रममा जुटेका छन्। रापाकोट गाउँ विकास समितिको दलित उत्थान कार्यक्रम अन्तर्गतको ५० हजार रुपैंयाको लागतमा शौचालय निर्माण तथा सरसफाई कार्य थालिएको समाजका कोषाध्यक्ष गमबहादुर सुनारले जानकारी दिए। दलितहरुले बिगतका वर्षमा गाउँ बिकास समितिबाट दलित कोषमा विनियोजित रकम ग्रामीण सडक निर्माण र विद्युतीकरणमा प्रयोग गरेपनि चालु बर्षबाट सरसफाइमा लगानी थालिएको हो। स्थानियवासीहरुले आगामी बर्षमा समेत स्थानिय विकास मन्त्रालयबाट गाविस मार्फत दलित उत्थान कोषमा आउने रकम शौचालय निर्माण र सरसफाइमा प्रयोग गरि जिल्लाको उदाहरणको रुपमा रापाकोटलाई देखाउने बताएका छन्। गाउँमा जनचेतना फैलाउँदै घर वरपर सरसफाई गर्दा अकालमा हुने मृत्युदर घटाउन अभियान थालिएको समाजका अध्यक्ष जितबहादुर विकले बताए। उनले भने, सरसफाइमा आर्थिक अभाव देखिएकाले सबैमा सहयोगको लागि आग्रह गरिन्छ। रापाकोट गाविसका बिक, नेपाली, सुनार लगायतका २ सय १५ दलित घर परिवार मध्ये ७ प्रतिशतले मात्र शौचालय प्रयोग गरेको जिल्ला विकास समितिको तत्थ्याङ्कले देखाएको छ। Source: http://www.dainikee.com/ « Go Back |
Supporters / Sponsors :
