दलित समाचार » देउसाको दलित बस्तीमा एक घर एक सोलार
देउसाको दलित बस्तीमा एक घर एक सोलार
Posted: September 26, 2010
सोलुखुम्बु, आश्विन
देउसा गाविसको अनुदान तथा स्थानीय समाज सुधार दलित एकता समुहको प्रयासमा दलित बस्तीमा एकघर एक सोलार जडान कार्य सम्पन्न भएको छ ।  गत असोज ७ गतेबाट शुरु गरिएको सोलार जडान कार्य आज सम्पन्न भएको हो ।
सरकारी अनुदान रु १ लाख ८२ हजार १ सय, गाऊँ विकास समितिबाट रु ४० हजार तथा समाज सुधार दलित एकता समुहको १ लाख ७८ हजार ७ सय १० र जनश्रमदान सहित कुल ५ लाख २२ हजार रुपैयाँमा निर्माण तथा जडान कार्य सम्पन्न भएको समुहका सचिब यामबहादुर विकले जानकारी दिनुभयो । सोलार जडानपछि दलित बस्तीका २३ घरपरिवार लाभान्वित भएका छन् ।
श्रोत: सोलु अनलाइन
« Go Back
Supporters / Sponsors :