दलित समाचार » नेपाली काँग्रँसको दलित तर्फको परिणाम आयो |
||
| नेपाली काँग्रँसको दलित तर्फको परिणाम आयो
Posted: September 25, 2010 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा समावेशी कोटाबाट दलिततर्फको पुरुषको कोटामा मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र जीवन परियार निर्वाचित भएका छन् । मानबहादुर १४ सय ५, मीन ११ सय ४५ र जीवन ९ सय ५९ मतले विजयी भएका हुन् । मानबहादुर कांग्रेसको अघिल्ल्लो महाधिवेशनबाट समेत निर्वाचित केन्द्रीय सदस्य हुन्, परियार कांग्रेसको भ्रातृ संगठन दलित संघका महासचिव तथा मीन विश्वकर्मा दलित संघकै बरिष्ठ उपाध्यक्ष हुन् । दलित महिलाको दुई पदमा सुजाता परियार र कविता सरदार (बातर) निर्वाचित भएका छन् । सुजाताले १६ सय ४८ र सरदारले १२ सय ३७ मतले विजयी भएका हुन् । नेविसंघबाट राजनीति सुरु गरेकी परियार महिला संघकी पूर्वउपाध्यक्ष र दलित आयोगको सदस्यसमेत हुन । सरदार समानुपातिक सिटबाट संविधानसभा सदस्य हुन । « Go Back |
Supporters / Sponsors :
