दलित समाचार » दलितको समस्या समाधान गर्न सरकार कटिबद्द |
||
| दलितको समस्या समाधान गर्न सरकार कटिबद्द
Posted: September 24, 2010 सामान्य प्रशासन राज्यमन्त्री जीतबहादुर दर्जी गौतमले नयाँ संविधानले दलित एवम् विपन्न वर्गको समस्या समाधान गर्दै उनीहरुको जीवनस्तर उकास्न सघाउने विश्वास प्रकट गर्नु भएको छ । मुक्ति समाज मधेसी विभागको आयोजनामा बाराको पथलैयामा भएको एकदिने प्रशिक्षण कार्यक्रमका राज्य मन्त्री गौतमले उत्पीडित दलित समुदाय छुवाछुतको नाममा युगौँदेखि नारकीय जीवन बिताउन बाध्य बनाइएको भए पनि आन्दोलनपछि उपलब्धि प्राप्त गर्न सफल भएको बताउनुभयो । सभासद् रामप्रित पासवानले समाजिक विभेद अहिले पनि उस्तै भएकाले मधेसी दलित राष्ट्रिय भेलाले मुक्तिसमाजलाई दरिलो बनाउन ठोस सुझाव दिनुपर्ने खाँचो औँल्याउनुभएको थियो । कार्यक्रममा तराईका २० जिल्लाका करिब १०० मधेसी दलित सहभागी थिए । श्रोत: http://www.nepaljapan.com/ « Go Back |
Supporters / Sponsors :
