दलित समाचार » पहिरो नियन्त्रण अभियानमा जुटे गाजरीका दलित महिला |
||
| पहिरो नियन्त्रण अभियानमा जुटे गाजरीका दलित महिला
Posted: September 24, 2010 डोटी, ७ असोज । बर्षोनी प्राकृतिक प्रकोपको जोखीममा पर्ने डोटीको गाजरी गाविसका दलितहरु अचेल प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण गर्ने अभियानमा डटेर लागी परेका छन् । प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण गर्ने अभियानमा दलित महिलाहरुले अगुवाई गरेका छन् । बर्षोनी बाढी पहिरोले घरखेत बगाउने पिरले गाउ बस्तीनै छोडेर छिमेकी गाविसमा शरण लिन पुग्ने गाजरीका दलितहरुमा आगामी दिनमा जोखिम घट्ने विश्वास जागेको छ । गाजरी गाविसको भुलबस्तीमा प्राकृतिक प्रकोपको जोखिम घटाउने बिभिन्न काम गरिएकाले अव आकाशमा बादल मडारिने वित्तिकै लाला बाला काखी च्यापेर छिमेकी गाउ दौडी हाल्ने बिगतको दुख आगामी दिनमा ब्यहोर्नु नपर्नेमा उनीहरु ढुक्क छन् । केयर नेपाल र सम विकास केन्द्र डोटीको संयुक्त साझेदारीमा संचालित प्राकृतिक प्रकोप जोखिम न्युनिकरण कार्यक्रम अर्न्तर्गत समुदायका महिला पुरुषलाई खोज तथा उद्धार पूर्व सुचना प्रणाली, पूर्व तयारी र प्राथमिक उपचारका बारेमा शसक्तिकरण गरिएपछि स्थानिय बासिन्दाहरु जोखिम न्यनिकरण अभियानमा लागेका हुन् । स्थानिय महिलाहरुले गाउमा बाढी पहिरो जाने ठाउको पहिचान गरि पहिरो रोकथाम गर्नका लागी ग्याबिन जालीको पर्खाल निर्माण, धलकुलो निर्माण र बृक्षारोपण गरेपछि उनीहरुमा बाढी पहिरोको भय कम भएको हो । स्थानिय प्रकोप जोखिम न्युनिकरण ब्यबस्थापन समितिमा आबद्ध उनीहरुले बर्षोनी पहिरोले गाउ बगाउन थालेपछि बृक्षारोपण र ग्याबिन जालीको तारबार थालेका हुन् । उनीहरुलाई परियोजनाको तर्फबाट सम विकास केन्द्र डोटीले ३४ थान ग्याविन जाली उपलब्ध गराएको थियो । केन्द्रले परियोजना अन्ततर्गत गाजरीमा खोज तथा उद्धार, प्राथमिक उपचार, पूर्व सुचना कार्यदल गठन गरी उनीहरुलाई तालिम दिनुका साथै घैटी, बेल्चा, फाउडो, रसि, र्टच लाईट, लाईफ जकेट, अग्नी नियन्त्रक, उपचारका लागी प्रथमिक उपचारका सामाग्री, स्टेचर, माईक, सिट्टी लगायतका सामाग्रीहरु उपलब्ध गराएको कार्यक्रमका जिल्ला संयोजक चक्र बहादुर बमले जानकारी दिनुभयो । खोज तथा उद्धार प्राथमिक उपचार, पूर्व तयारी र पूर्व सुचना प्रणालीका बारेमा पटक पटक तालिम दिए पनि गाउमा सबैले थाहा पाउन र सिकुन भनेर गाविस स्तरिय पूर्व तयारी मेला आयोजना गरि भर्खरै सम्पन्न गरेको पनि बमले वताउनुभयो । Source: Dinesh FM, Kailali « Go Back |
Supporters / Sponsors :
